काठमाडौँ। नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतले सिटको दाबी आ-आफ्नो हैसियत र औकात अनुसार गर्नुपर्ने बताउनुभएको छ । 

सभामुख अग्निप्रसाद सापकोटामाथि व्यङ्ग गर्नुहुँदै उहाँले आफ्नो हैसियत अनुसार सिटको दाबी गर्नुपर्ने बताउनुभएको हो । 

रेडियोको एक कार्यक्रममा बोल्नुहुँदै उहाँले सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा माओवादी केन्द्रले कुनै हालतमा टिकट नपाउने बताउनुभयो । ‘नेकपा (माओवादी केन्द्र) देशभरि पनि थर्ड हो, सिन्धुपाल्चोकमा माओवादी थर्ड नै हो । स्थानीय चुनावमा मेरो क्षेत्रका ५४ वडामध्ये काँग्रेसले ३२ वडा र माओवादी केन्द्रले ५ वडा जितेको छ । सात पालिकामध्ये ६ वटामा काँग्रेसको बहुमत छ । चार पालिकामा माओवादी शून्य छ । चौतारा साँगाचोकमा पनि एक वडा माओवादीले जितेको छ । तर पूर्व मेयर नै एमालेमा गइसकेका छन् । अनि कसरी माओवादी केन्द्रले दाबी गर्ने ? ’,उहाँले भन्नुभयो । 

उहाँले सभामुख अग्निप्रसाद सापकोटा समानुपातिकमा मात्र सुरक्षित रहेको बताउनुभयो । ‘गठबन्धन नेकपा एमालेलाई साइजमा राख्नका लागि हो भने लोकप्रिय र जित्न सक्ने उम्मेदवार उठाउनु परेन ? जसले जित्छ, उसैलाई उठाउने हो । माओवादी केन्द्रले अग्नि सापकोटा भन्दैमा हुन्छ, काँग्रेस केन्द्रले भन्नुपर्दैन रु अग्नि सापकोटाजीलाई नै आफू सुरक्षित छैन भन्ने थाहा छ । अर्को पार्टीको भोटको भरमा जित्छु भनेर हुन्छ रु उहाँ समानुपातिकमा जाँदा नै सुरक्षित हुनुहुन्छ’,उहाँले भन्नुभयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय