काठमाडौं । काठमाडौं महानगरपालिकाले नगर प्रहरीलाई खाना र खाजाबापत दैनिक पाँच सय रुपैयाँ भत्ता दिने भएको छ ।

काठमाडौं महानगर कार्यपालिकाको आइतबार बसेको बैठकमा काठमाडौंका सडकमा फुटपाथ नियन्त्रणका लागि खटिएका नगर प्रहरीलाई दैनिक पाँच सय रुपैयाँ भत्ता दिने प्रस्ताव पेस भएको हो ।

यसअघि महानगरले नगर प्रहरीलाई दैनिक तीन सय रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएकोमा यसपटकदेखि पाँच सय रुपैयाँ पुर्याइएको हो । काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले भत्ताबापतको रकम वृद्धिको प्रस्ताव पेस गर्न महानगरको प्रशासन प्रमुखलाई निर्देशन दिएका थिए । 

महानगरका सरकारी विद्यालयमा आठ कक्षासम्मका बालबालिकालाई दैनिक २५ रुपैयाँ खाजा खर्च

महानगरपालिकाले महानगरभित्रका सरकारी विद्यालयमा आठ कक्षासम्म अध्ययन गर्ने सबै बालबालिकालाई दैनिक २५ रुपैयाँ खाजा खर्चबापत  उपलब्ध गराउने भएको छ ।

कार्यपालिकाले ७ र ८ कक्षामा अध्ययन गर्ने बालबालिकालाई पनि खाजा खार्च उपलब्ध गराउने प्रस्ताव गरेको हो । यसका लागि नगरपालिकाले नौ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । 

यस्तै, बालबालिकालाई उनीहरूको विद्यालय उपस्थितिको हाजिरी हेरेर खाजा खर्चबापत उपलब्ध गराइने महानगरको शिक्षा विभागले जनाएको छ ।  
 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय