काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन टुट्न लागेको संकेत गर्नुभएको छ । 
पार्टीको बागमती प्रदेशमा रहेका केन्द्रीय सदस्यहरु र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई आइतवार सम्बोधन गर्दै प्रचण्डले प्रमुख सत्तारुढ नेपाली कांग्रेसले सिट बाँडफाँटमा बखेडा झिकिरहेको आरोप लगाउनुभयो । 

प्रचण्डले कांग्रेसले बखेडा गरिरहे  वाममोर्चा बनाइने  बताउनुभयो । ‘हामीसँग वाममोर्चाको पनि विकल्प छ।, कांग्रेसले सिट बाँडफाँटमा ज्यादिबिधि गरेछ भने पनि संयुक्त वाममोर्चाका रुपमा हाम्रो चुनावी तयारी अगाडि बढाउँछौँ।’

प्रचण्डले माओवादीभित्र भइरहेको खुट्टा तानातान आगामी निर्वाचनमा पनि देखिए पार्टी नै विघटन हुन सक्ने बताउनुभयो । 

‘हाम्रोबीचमा खुट्टा तानातान छ, आगामी निर्वाचनमा अन्तर्घात भयो भने माओवादी विघटन कसैले रोक्न सक्दैन’ प्रचण्डको भनाई थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय