Site icon Subhatime

तेस्रो खेलमा बलिङ गर्दै नेपाल, अर्जुनको डेब्यु

काठमाडौं । केन्याविरुद्धको तेस्रो टी(२० खेलमा नेपालले पहिलो बलिङ गर्ने भएको छ । केन्याको राजधानी नौरबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेपछि घरेलु टिमले ब्याटिङको निर्णय गरेको छ ।

नेपालले केन्यासँग पाँच टी(२० र तीन एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ । केन्याविरुद्धको तेस्रो खेलमा नेपालले पहिलो ११ मा दुई खेलाडी परिवर्तन गरेको छ ।

नेपालबाट अर्जुन साउदले टी(२० अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गरेका छन् । अर्जुनसँग साहब आलमले पहिलो रोजाईमा स्थान बनाएका हुन् । उनीहरू आसिफ शेख र वसिर आसिफ शेखको स्थानमा परेका हुन् ।

Exit mobile version