काठमाडौं । काठमाडौं महानगरका मेयर बालेनसाहलाई ‘भष्म गर्दिन्छु’ भन्दै मेयर साहको घरमै पुगेका एक जोगी पक्राउ परेका छन् । 
शनिबार राति काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको घर गोरीगाएँबाट उनी पक्राउ परेका हुन् ।

 पक्राउ परेका उनलाई अहिले प्रहरी हिरासतमा राखिएको छ । उनीबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ । जोगीको भेष धारण गरेका ती व्यीक्त गएराति साढे ८ बजे  बालेनको घरभित्रै पसेका थिए । 

घरभित्रै पसेर उनले मेयर बालेनलाई  ‘भष्म’ गरिदिने चेतावनी दिएका थिए । जोगीले आफुलाई प्रधानमन्त्री र मन्त्रीलेसमेत केही गर्न नसक्ने बताएका थिए । जोगीको कारण बालेनसाहको घरमा झण्डै एक घण्टा भनाभन भएको थियो भने सकडमा भीडभाड भएको थियो ।

प्रहरीले पक्राउ परेका व्यक्तिको विवरण सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय