काठमाडौं । अष्ट्रेलियाको फ्रेन्चाईज क्रिकेट प्रतियोगिता बिग बास लिग बीबीएल को १२ औं संस्करणको खेलाडी ड्राफ्ट आज आईतबार हुँदैछ ।

बीबीएलको इतिहासमै पहिलो पटक हुन लागेको खेलाडी ड्राफ्ट नेपाली समयअनुसार दिउँसो २स्१५ मा हुनेछ ।बीबीएलको ड्राफ्टमा नेपालका कप्तान सन्दीप लामिछाने तथा राष्ट्रिय क्रिकेट टोलीका पूर्व सदस्य सुवास खकुरेल रहेका छन् ।कप्तान लामिछानेले पछिल्ला चार संस्करण बीबीएलमा बिताएका छन् । उनले ४३ बीबीएल खेलमा ४८ विकेट लिएका छन् । बीबीएलको राम्रो अनुभव भएका लामिछाने यस पटक पनि कुनै टोलीमा अनुबन्ध हुने सम्भावना प्रचुर रहेको छ ।

बीबीएलको आगामी सिजन डिसेम्बरबाट फेब्रुअरीसम्म आयोजना हुनेछ। बीबीएलको ईतिहासमा नै खेलाडी ड्राफ्ट पहिलो पटक हुदैछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय