काठमाडौँ । नेपाली काँग्रेस नेतृत्वको सत्ता गठबन्धन कार्यदलको बैठक आज पनि बस्दै छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ४ बजे बस्ने बैठकले गठबन्धन आबद्ध दलहरूले दाबी गरेको सिट बाँडफाँटका बारेमा छलफल हुनेछ ।
झन्डै एक महिनादेखि प्रयास गरे पनि आगामी ४ मङ्सिरमा हुन गइरहेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि सत्तारुढ दल बिचमा सिट बाँडफाँडको प्रयास टुङ्गोमा पुग्न सकेको छैन ।