Site icon Subhatime

नागरिकता विधेयक आज राष्ट्रियसभामा पेस हुने

gofF afg]Zj/l:yt ;+3Lo ;+;b ejg . ;+3Lo ;+;bsf] a}7s kmfu'g @! ut] cfXjfg ul/Psf] 5 . tl:a/ M /Tg >]i7, /f;; .

काठमाडौँ । नागरिकता विधेयक, २०७९ आइतबारको राष्ट्रिय सभा बैठकमा पेस हुँदै छ।

संसद् सचिवालयका अनुसार विधेयक दिउँसो १ः०० बजे बस्ने बैठकमा पेस हुन लागेको हो ।

विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको ब्यहोरा र प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी गराउने सम्भावित कार्यसूची छ।

पहिलो पटक दुवै सदनबाट पारित भई साउन १५ गते प्रमाणीकरणका लागि आएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले २९ गते पुनर्विचारका लागि फिर्ता पठाउनुभएपछि प्रतिनिधिसभाले पुन बहुमतले पारित गरेको थियो ।  

फिर्ता भएको विधेयक पुनर्विचार नै नगरी भदौ २ गते प्रतिनिधिसभामा पारित भएपछि विवादमा पर्दै आएको छ।

Exit mobile version