काठमाडौं । लुम्बिनी एकेडेमी कलेजले नव(आगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । राजधानीमा आयोजित एक समारोहका बिच कलेजले नव-आगन्तुक विद्यार्थीहरूलाई स्वागत गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाली कांग्रेसका महामन्त्री, माननीय सांसद गगन कुमार थापाले,ुभविष्य निर्माण गर्ने समयमा विद्यार्थीहरूलाई अन्यत्र नलाग्न आग्रह गर्नुभयो ।’ उहाँले भोलिको लक्ष्यलाई मध्यनजर गर्दै आजको दिनमा मिहिनेत र परिश्रम गरि अगाडि बढ्न आग्रह गर्नुभयो ।

कार्यक्रममका सभापति एवम् लुम्बिनी एकेडेमीका अध्यक्ष, समाजसेवी लोकेश ढकालले कलेज विद्यार्थीहरू प्रति सधैं कृतज्ञ रहने बताउनुभयो । त्यस्तै, लुम्बिनी एकेडेमीक कलेजका प्रेन्सिपल रवीन भट्टराईले नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै यसवर्ष उज्वल भविष्य निर्माणका लागि विद्यार्थीहरूले सहि गन्तव्य रोज्नुभएकोमा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले यस वर्ष कलेजमा नव-आगन्तुक ४५० जना विद्यार्थीहरू प्रति आफुहरूले सधैं अभिभावकिय भुमिका बहन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

त्यस्तै, कार्यक्रमका विशिष्ट अतिथिका रूपमा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति एवम् शिक्षाविद् तिर्थ खनियाँ, लुम्बिनी एकेडेमीका प्रेन्सिपल रविन भट्टराई, कलेजका पूर्व अध्यक्ष माधव प्रसाद उपाध्याय, कलेजका प्लस टु कार्यक्रमका संयोजक अञ्जनि कोइराला, वि।वि।एम कार्यक्रमका संयोजक रविन्द्र लामाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मनोरञ्जनार्थ कमेडियन गणेश राई, डान्सर विक्रम मोक्तान, राष्ट्रिय फुटबल टीमका नेशनल कोच विष्णु गुरूङ मोटिभेस्नल स्पिकर सहित कलेजका विभिन्न विषयका शिक्षक शिक्षिका, अभिभावक सहित विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

उक्त कलेजमा कक्षा ११ र १२ तर्फ विज्ञान, व्यवस्थापन, मानविकी, कानुन लगायतका विषयहरू अध्यायन अध्यापन तथा पठनपाठन हुँदै आइरहेको छ भने, व्याचलर तर्फ एम बि एस , बि बि एस, बि सि ए, बि बि एम् लगायतका कोर्सहरू पठनपाठन हुँदै आइरहेका छन् । लुम्बिनी एकेडेमीक कलेज विशेषगरि व्यवस्थापन तथा विज्ञान विषयका लागि उत्कृष्ट कलेजका रूपमा लिइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय