Site icon Subhatime

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । सुनचाँदीको मूल्य स्थिर रहेको छ । बिहीबारको तुलनामा शुक्रबार सुनचाँदीको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीबारकै मूल्यमै शुक्रबार पनि छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

यस्तै, तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्य प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य एक हजार १७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

Exit mobile version