सिन्धुपाल्चोक । स्थानीय तह निर्वाचनमा अन्गर्घात गरेको भन्दै वहालवाला मन्त्रीसहितलाई कारबाहीको सिफारिस गरिएको छ । गत बैशाख ३० मा सम्पन्न निर्वाचनमा अन्तर्घात गरेको भन्दै हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बागमती प्रदेशका वहालवाला स्वास्थ्यमन्त्रीसहित वडाध्यक्षहरूलाई कारबाहीको सिफारिस गर्नुभएको हो ।

उहाँले कांग्रेस जिल्ला सभापतिलाई सम्बोधन गर्दै लेखेको पत्रमा अन्तर्घातको कुराहरूसमेत रहेका छन् । बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामासहित महाधिवेशन प्रतिनिधि जिमी लामा, पासाङ लामा, पूर्व उपाध्यक्ष कोपिला पण्डित र उहाँका श्रीमान श्रीराम पण्डित क्रियाशील सदस्य सन्तोष खड्का र निमा लामा, वडाध्यक्षहरू निल बहादुर खड्का, खेतनाथ घिमिरे, कृष्ण घिमिरे, र भोज बहादुर पण्डित, पूर्व वडाध्यक्ष हर्क बहादुर तामाङ र सक्रिय सदस्यहरू शिव प्रसाद लामिछाने, नवराज लामिछाने, भागीरथ लामिछाने, केशव लामिछाने र राजन लामिछानेलाई कारबाहीको सिफारिस गर्नुभएको हो ।

पार्टीको साधारण सदस्यसमेत नहुने गरी कारवाही गरी पाउँ भनि उक्त नामहरु सिफरिस गर्नुभएको छ । सो पत्रको बोधार्थ केन्द्रीय समिति, प्रदेश समितिलाई पनि दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय