काठमाडौ । अनेरास्ववियु पशुपति बहुमुखी क्याम्पसको आयोजनामा बुधबार क्याम्पस प्राङ्गणमा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । नजिकिदै गरेको हिन्दु नेपाली नारीहरुको महान् पर्व हरितालिका तीज को अवसर पारेर तीज विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो ।

पिपलको बिरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का केन्द्रीय अध्यक्ष सुनिता बरालले समतामूलक समाजको निर्माण गर्नुपर्ने बताएकी छिन् । उनले समाज विकासका लागि महिला र पुरुष दुवैको आवश्यकता पर्ने भएको हुँदा २१औं शताब्दीको सभ्य समाज निर्माण गर्न महिला र पुरुष नै सँगसँगै हुनुपर्ने बताईन । ।

अध्यक्ष बरालले पछिल्लो समय देशमा महिला राष्ट्रपति, महिला सभामुख र महिला प्रधानन्यायाधीश लगायत विभिन्न क्षेत्रमा महिलाको उपस्थिति बढ्दै गएको बताउँदै अझै पनि समाजको हरेक क्षेत्रमा महिलाको सार्थक सहभागिता हुन नसकेको बताइन् । समाजमा सबैभन्दा चेतनशील वर्ग विद्यार्थी भएकाले समतामूलक समाजको विकासका लागि विद्यार्थीको भूमिका आवश्यक रहेको उनको भनाई थियो ।

कार्यक्रमको विशेष अतिथि पुर्व राज्य मन्त्री, समाजसेवी,साहित्यकार एवम् पशुपति बहुमुखी क्याम्पस समितिका पुर्व अध्यक्ष भद्रकुमारी घलेले आफूले क्याम्पस व्यवस्थापनका लागि महिला छात्र वासको निमित्त घर र जग्गा दुवै दान स्वरुप दिदा समेत लामो समय देखि उपयोगीमा नल्याउनुको पछाडि कस्तो खालको राजनीति घुसपैठ भएको हो भनी क्याम्पस प्रशासन सँग आक्रोश पोख्नु भएको गजियो त्यस्तै क्याम्पस प्रमुख विनोद पन्तले अनेरास्ववियुले क्याम्पसको शैक्षिक विकासको अतुलनीय भुमिका खेलेको र भोलिको दिनाम समेत अखिलको सकरात्मक र रचनात्मक सहयोगको अपेक्षा गरे ।

कार्यक्रममा ख्यातिप्राप्त राष्ट्रिय स्तरका कलाकारहरु शंकर विसी,सुर्यमणी आचार्य ,वैकुण्ठ महत,आशा विसी,अमृत भारती लगाए कलाकारले बेजोड संस्कृति प्रस्तुति गर्नु भएको थियोे भने विद्यार्थीहरुले नचेर कार्यक्रमको शोभा बढाएका थिए।
भने अनेरास्ववियु क्याम्प कमिटी सदस्य सरस्वती गौतमको नृत्यले कार्यक्रमको माहोल तातेको थियोे । एक हजार भन्दा धेरै विद्यार्थीहरु कार्यक्रम सहभागी थिए।
कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय कमिटी उपाध्यक्ष उमेश आचार्य , महासचिव समिक बडाल ,सचिव मर्यादा विष्ट स्थायी कमिटी सदस्य सञ्जय ढुवाडी,,गोविन्द गिरी,दिपक धामी केन्द्रीय सदस्य विदुर भट्टराई ,वैकुण्ठ लुइँटेल ,रोशनी तामाङ , प्रकाश अधिकारी स्थानीय पार्टी नेता धुर्व घिमिरे , भक्तकुमारी लामा , दिपक बिक्रम देउजा ,लगाएत नेता कार्यकर्ताहरुको बाक्लो उपस्थित थियोे ।

अनेरास्ववियु क्याम्पस कमिटी द्वारा सम्पन्न गरेको उक्त कार्यक्रम क्याम्पस कमिटी अध्यक्ष रोशन सापकोटा को अध्यक्षतामा सम्पन्न भएको थियो , स्वागत मन्तव्य कमिटिका उपाध्यक्ष ले गरेका थिए भने कार्यक्रम संचालन कमिटी का सचिव रवि बढुवा र नेतृ शुशिला आचार्य गरेको थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार