चौतारा । चौतारा साँगाचिकगढी नगरपालिकाका निवर्तमान मेयर अमानसिं तामाङले अब माओवादी जनजातीको पार्टी नरहेको बताएका छन ।

माओवादी र एमालेको केन्द्रमा जिल्लाबाट प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्य तथा पदाधिकारी चयनको आधारमा माओवादी जनजातीको पार्टी नरहेको बताएका हुन ।

माओवादी जनजातीको पार्टी नरहेकोलेनै आफुले माओवादी छोडेर एमालेलाई समर्थन गर्न लागेको बताएका छन । उनले एमालेको केन्द्रिय समितिमा सिन्धुपाल्चोकबाट ४ जनामा २ जना तामाङ समुदायको र २ जना खस आर्य समुदाय भएको तर माओवादीको केन्द्रिय समितिमा ८ जना रहेकोमा सबै खसआर्यबाट मात्रै रहेको उदाहरण दिएका छन ।  जनजातीको सवालमा माओवादी भन्दा एमालेको धारणा, हेराइ उपयुुक्त रहेको बताएका छन ।

साथै केन्द्रिय समितिको पदाधिकारी चयनकोमा पनि जनजाती, दलितकोको सहभागिता अत्यन्तै न्यून रहेकोले पनि माओवादी केन्द्र जनजातिको पार्टी नरहेको पुष्टि हुने जानकारी गराए । माओवादी भित्र बिना पेशा  नव धनाढ्य रहेको, पदको निम्ति जस्तोसुकै हर्कत गर्ने, सत्ताको निम्ति जस्तोसुकै राष्ट्रघात गर्ने गरेकोले आफुले माओवादी छोडेको बताएका छन । नाकाबन्दीको बेला देखि एमाले माओवादी भन्दा बढी राष्ट्रवादी रहेको बताएका छन ।

नाकाबन्दीको सामना, चुच्चे नक्सा प्रकाशन, चीन सङ्गको पारबहन सम्झौता ,  आदि बिषयले एमाले प्रती आफू आकर्षित भएको बताएका छन । एमालेले ४८-४९ सालदेखि नै शान्तिपुर्ण प्रतिस्पर्धालाई स्वीकार गरेको तर माओवादी एमालेको लाइनमा १५ बर्ष पछि अर्थात ६३ सालबाट  मात्रै आएको बताएका छन । एमालेकै बाटोमा आउनु थियो, काङ्ग्रेस सङ्ग यतिधेरै लम्पसार पर्नु थियो भने ५२ सालदेखी युद्ध किन गरेको ? उनको प्रश्न छ ।

माओवादी ले सबै गरिब जनताको जीवनमा परिवर्तन ल्याउन लडेको भनिएपनी सिमित नेताहरुको जीवनमा मात्रै  परिवर्तन आएको तर आम जनसमुदायको जीवनमा कुनै परिवर्तन नआएको पनि बताएका छन । जुन वर्गको विरुद्ध २०५२ सालमा लडाइ लडियो अहिले माओवादी त्यही बर्गको पुच्छर भएर राष्ट्रघाती काम गर्दै आएको पनि उनको भनाइ छ । एमसिसी पास, नागरिकता बिधेयक पास जस्ता राष्ट्रघात माओवादीले सत्तामा टिकिरहन गरेको पनि उनले बताए ।
कतिपय संचरमाध्यमहरुले पद नपाएर, एकपक्षले हेपेको पेलेकोले अमानसिंले माओवादी छोडेको भन्ने कुरालाइ अस्वीकार गर्दै आफुले माओवादी छोड्नुमा र एमालेमा लाग्नुमा कुनै पदको सवाल नरहेको बताएका छन ।

´ म ३८ बर्ष दु:ख गरेको पार्टीले त केही दिएन, केही भएन ३८ मिनेट  पनि कुनै दु:ख नगरेको पार्टीले केहि दिन्छ भन्ने छैन` उनले भने राजनीतिक रूपमानै माओवादी बिचलित भएकोले माओवादी छोडेको ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय