काठमाडौँ । राष्ट्रिय संस्थागत विद्यालय सङ्घ नेपाल (निसान) ले आयोजना गरेको पाँचौँ सामूहिक लोकनृत्य प्रतियोगिता तथा एसइई सम्मान कार्यक्रम सम्पन्न भएको छ ।  

गोकर्णेश्वर नगरपालिकाको विशेष सहयोगमा निसानले शनिवार नारायण्टारको नवीन फुलल्याण्डमा कार्यक्रम सम्पन्न गरेको हो । 

सामूहिक लोकनृत्य प्रतियोगितामा २० हजार नगद पुरस्कारसहित गोकर्णेश्वर लाइट एकेडेमी प्रथम भएको छ । 

प्रतियोगितामा जीवन तारा एकेडेमीले १५ हजार नगद पुरस्कारसहित द्वितीय स्थान हासिल गरेको छ । 

त्यस्तै १० हजार नगद पुरस्कारसहित सृजना इङ्लिस स्कुलले तृतीय स्थान हासिल गरेको छ । सान्त्वना हुनेमा चाल्स डार्बिन एकेडेमी र त्रिकोण पब्लिक स्कुल रहेका छन् । 

उपत्यका बाहिरबाट प्रतियोगितामा सहभागी भई निसानको सदस्य बनेको मेलम्ची बोर्डिङ स्कुललाई निसानले सम्मान गरेको थियो । एसइईमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीहरूलाई पनि निसानले सम्मान तथा बधाई ज्ञापन गरेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय