सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका अध्यक्ष झम्क नेपालले नवलपुर बजारमा नवनिर्मित भूकम्प स्मारक भृकुटी पार्कको उद्घाटन गर्नुभएको छ । आज एक कार्यक्रमबिच अध्यक्ष नेपालले भूकम्प स्मारक भृकुटी पार्कको उद्घाटन गर्नुभएको हो । 

पार्कको उद्घाटन गर्नुहुँदै अध्यक्ष नेपालले इन्द्रावती गाउँपालिकाका इतिहासलाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । ‘ नवलपुर इन्द्रावती गाउँपालिकाको राजधानी हो । त्यसैले यहाँका बासिन्दा र गाउँपालिकाले पालिकाको इतिहासलाई संरक्षण र संवर्धन गर्दै लैजानुपर्छ ’,उहाँले भन्नुभयो । 

पार्क बागमती प्रदेशको सहयोगमा बनेको हो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय