मेलम्ची / आज श्रीकृष्ण जन्माष्टमी पर्व आज मेलम्चीमा पनि मनाइएको छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण पक्षको अष्टमी तिथिमा भएकाले यो दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

यस दिन देशभरिका कृष्णमन्दिरमा कृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै व्रत बसेर रातभर जाग्राम बस्ने प्रचलन छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा मेलम्ची कृष्ण मन्दिरमा भक्तजनहरुको भिड लागेको छ । दिउसो बजारमा रथ यात्रा सहित भजनकिर्तन थरलार्य बजार परिक्रमा गरिएको थियो ।


यसैबिच श्रीकृष्ण जन्माष्टमीको अवसरमा मेलम्ची नगर उद्योग वाणिज्य सघं र लाएन्स क्लब अफ मेलम्चीले मेलम्ची स्थित कृष्ण मन्दिर र मेलम्ची बजार सरसफाई गरेको छ । आज सुरक्षा निकाय र स्थानिय बजार बासिको सहयोगमा बजार सरसफाई गरिएको क्बलका अध्यक्ष सुबास बानियाँले जानकारी दिनुभयो ।

आगामि दिनमा पनि बजार सरफाईलाई निरन्तरता दिने बानियाँले जानकारी दिनुभयो । साथै उहाँले बजारका ब्यबशायि र घरधनिहरुले आफ्नो घर अगाडिको फोहोर समेत नउठाउँने र अरुको भरपर्ने परिपाटि बढ्दै गएको भन्दै आफ्नो घरवरपर आफैंले सफा गर्नपनि सुझाउनुभयो ।

त्यस्तै जिल्लाको सदरमुकाम चौतारा पुरानो बजारस्थित १ सय १५ वर्ष पुरानो कृष्ण मन्दिरको पुनर्निर्माण हुने भएको छ । पुरातत्त्व विभाग काठमाडौँद्वारा २ करोड लागतमा मन्दिर क्रमागत रुपमा निर्माण सुरु गर्न लागेको हो ।


२०७२ साल वैशाख १२ गतेको भूकम्पबाट ध्वस्त भएको मन्दिर पुनर्निर्माणको ठेक्का प्रक्रिया यही भदौको दोस्रो साता हुने पुरातत्त्व विभाग, काठमाडौँले जनाएको छ । विभागकी इञ्जिनियर आरती पोखरेलका अनुसार सबै नक्सा र स्टिमेट तयार भइसकेको छ । मन्दिर निर्माणमा प्रयोग गर्ने सामाग्री र मन्दिरको शैली पुरानो डिजाइनकै हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय