सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकोको आयोजनामा नगरपालिकाका १३ वटै वडाका मेलम्ची नगरपालिकाका सम्पर्क ब्यक्तिहरुका लागि कानुनी साक्षरता कार्यक्रम सुरु भएको छ ।

भक्तपुरको घ्याम्पेडाँडा रिसोर्टमा दुईदिन सम्म चल्ने उक्त साक्षरता कार्यक्रममा न्यायिक सम्बन्धी काम कर्तव्य र अधिकार, विवाद निरुपण प्रकृया ,मेलमिलाप सम्बन्धमा प्रशिक्षण दिईने नगरपालिकाले जनाएको छ । नगरको १३ वडाका सम्पर्क ब्यक्तिहरुलाई जिल्ला न्यायधिवक्ता निमा घिमिरेले कानुनी प्रशिक्षण दिनुहुने मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो । नगर उपप्रमुख उमा प्रधानको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा तामाङको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताल। जिल्ला न्यायधिवक्ता निमा घिमिरे प्रशासकीय अधिकृत झपेन्द्र खरेल लगायको सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय