सिन्धुपाल्चोक । नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका पूर्व सभापति विकास लामाले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा माओवादी केन्द्रलाई टिकट दिए आफूले लौरो चुनाव चिन्ह लिएर उठ्ने घोषणा गर्नुभएको छ । 

सामाजिक सञ्जाल फेसबुकमा आज स्ट्याटस लेख्दै लामाले गठबन्धनको भागमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ परे आफूले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । उहाँले स्ट्याटस लेखेको १० मिनेट पछि सामाजिक सञ्जालबाट पोस्ट हटाउनुभएको थियो । 

सिन्धुपाल्चोकमा गठबन्धन नबन्ने सङ्केत नेपाली काँग्रेसका केन्द्रीय कमिटी सदस्य मोहनबहादुर बस्नेतले दिँदै आइरहनुभएको थियाे । योसँगै अब सिन्धुपाल्चोकमा गठबन्धनमा किचलो देखिएको छ । काँग्रेसको दुवै निर्वाचन क्षेत्र आफूले पाउनुपर्ने अडान छ । उता माओवादी केन्द्रकाे पनि पाए दुवै क्षेत्र नभए एक निर्वाचन क्षेत्र भए पनि आफूहरुले पाउनुपर्ने अडान छ । गठबन्धनमा भागबण्डा नमिले सिन्धुपाल्चाेकका गठबन्धन दलमा आवद्ध नेताहरुको स्वतन्त्र उम्मेदवारी घाेषणाा गर्ने मुड देेखिन्छ । 

लामाले लेख्नुभएकाे स्ट्याटस 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय