Site icon Subhatime

राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक आजै पारित गर्ने तयारी

gofF afg]Zj/l:yt ;+3Lo ;+;b ejg . ;+3Lo ;+;bsf] a}7s kmfu'g @! ut] cfXjfg ul/Psf] 5 . tl:a/ M /Tg >]i7, /f;; .

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको नेपाल नागरिकता ऐन संशोधन विधेयक आज नै पारित गर्ने तयारी छ ।

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएको विधेयक जस्ताको तस्तै पारित गर्ने निर्णय सत्ता गठबन्धनले यसअघि नै गरिसकेको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको विधेयकलाई पारित गरियोस् भनेर प्रस्ताव राख्ने संसद सचिवालयको सम्भावित कार्यसूची छ ।

राष्ट्रपति भण्डारीले २९ साउनमा सन्देशसहितको विधेयक प्रतिनिधि सभामा फिर्ता गरेकी थिइन् ।

Exit mobile version