सिन्धुपाल्चोक । बलेफी गाउँपालिकाको दुई सय ५६ घरमा  खानेपानी वितरण गरिएको छ । 

जापानी अन्तर्राष्ट्रिय गैरसरकारी संस्था पिसवीङ्सको लगानी र  गैरसरकारी संस्था आइस्यापको संयोजन घरघरमा खानेपानी धार पु¥याईएको हो । बालेफी गाउँपालिका वडा नम्बर ४ र ६ को छ वटा बस्तीमा संस्थाले एक घर एक धारा निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ । 

खानेपानीको समस्याले बसाई नै सर्ने बाध्यात्मक अवस्थामा रहेको बलेफी ६ को डाँडाकटेरीमा संस्थाले लिफ्ट जडान गरी खानेपानी पु¥याएको छ । एक गाग्री खानेपानी जोहो गर्न घण्टौँ खर्चिनुपर्ने अवस्थाको अन्त्य गर्दै अव एक घर र धारको दुरी बढीमा एक मिनेट मात्र लाग्ने गरी खानेपानी सुविधा स्थानीयले प्राप्त गरेका छन् । सोही वडाका वँसेरी आचार्य गाउँ, बलेफी ४ को उनिचौर, गहते, केउरेनीलगायतका छ बस्तीमा जापान सरकारको सहयोगमा संस्थाले स्वच्छ खानेपानी वितरण गरेको छ ।  

खानेपानी पहुँच तथा कृषि आय सुधार आयोजना अन्तर्गत सञ्चालित खानेपानी आयोजना बलेफी गाउँपालिका वडा नम्बर ४ को केउरिनी, ढाँड, उनीचौर र वडा नम्बर ६ को  आचार्य टोल, डाँडाकटेरीलगायतका स्थानीय उपभोक्ता लाभान्वित भएका छन् । आयोजना हस्तान्तरण समारोहमा सहज र सरल रूपमा स्वच्छ खानेपानीको व्यवस्थापन प्रति स्थानीयले जापान सरकार र निर्माण गरिदिने संस्थालाई स्वागत धन्यावाद दिएका छन् ।

बलेफी गाउँपालिका अध्यक्ष गङ्गाबहादुर तामाङले परियोजना निर्माण सम्पन्न गर्ने संस्थालाई अन्य योजना सहित पुन सहयोगको लागि आह्वान गर्नुभयो । 

निर्माण सम्पन्न भई हस्तान्तरण भएका आयोजनालाई दिगो सञ्चालन गर्नको निम्ति योजनाबद्ध ढङ्गले संरक्षण संवर्द्धन गरी प्रयोग हुने जापानीज संस्था पीसवीङ्सले  विश्वास व्यक्त गरेको छ । ‘खानेपानी आयोजनाको महत्त्व, उक्त आयोजनाले उपभोक्ताले स्वच्छ खानेपानी प्राप्त गर्नुका साथै जीवनस्तर उकास्नसमेत महत्त्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गरेका छौ’— जापानीज संस्थाका टिम लिडर रामचन्द्र भुसालले भन्नुभयो । 

संस्थाले सिन्धुपाल्चोक जिल्लाका मेलम्ची नगरपालिकाका तीन सय, सुनकोसी गाउँपालिकाका दुई सय र बलेफी गाउँपालिकाका २ सय छपन्न घरधुरीमा खानेपानी सुविधा पु¥याउनुका साथै कृषि आयस्रोत सुधारको कार्यक्रम पनि सञ्चालन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय