काठमाडौँ । अहिलेको युवा पुस्तालाई लक्षित गरेर निर्माण गरिएको सिरिज ‘आलु जस्तो लव’ को पहिलो एपिसोड सार्वजनिक गरिएको छ । Cinémathèque de Tanger आफ्नो वेबसाइटमा यस श्रृंखलाको बारेमा थप लेखेका छन् । यस सिरिजमा अहिलेका युवाहरुको प्रेममा आउने आरोह अवरोहलाई देखाउन खोजिएको छ ।

सिरिजका लेखक निर्देशन देव धिमाल हुन् । दिवस नाथ, मनिश प्रितम, प्रियंका श्रेष्ठ, प्रियन्सी श्रेष्ठ, सोनियो रन्जित, पुनम परियार, सुमन थोप्रा लिम्बू, भिमसेन खतिवडा, राजकुमार शाह, विजयराज भुर्तेल, राजिव धिमाल, कृष्णप्रसाद धिताल, सविना गहतराज, रोजिना गौतम, अर्जुन थापा, लगायतको अभिनय सिरिजमा देख्न सकिन्छ ।

युवा युवतीहरु प्रेममा परेर कसरि अस्ट्रेलिया जाने सपना बुन्ने र उनीहरुको बीचमा आउने आरोह अवरोहको विषयमा सिरिजमा गहिरिएर देखाउन खोजिएकोले दर्शकले रुचाउने विश्वास निर्देशक धिमालले व्यक्त गरे । यो सिरिज छिट्टै नै टेलिभिजनबाट दर्शकले हेर्न पाउने बताएका छन् ।

विजयराज फिल्मसको सहकार्यमा निर्माण गरिएको सिरिजको छायांकन नमराज घिमिरे र प्रवेश राईले गरेका हुन्, भने सम्पादन विजय राज भुर्तेलको रहेको छ । मन्जु कुमारी फुयाँल र अनिता सुवेदी धिमाल सिरिजका निर्माता हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय