काठमाडौँ । नेकपा एमालेको सङ्गठन लोकतान्त्रिक शेर्पा सङ्घ नेपालको केन्द्रीय उपाध्यक्षमा सिन्धुपाल्चोकका युवा नेता पेम्बा शेर्पा चयन हुनुभएको छ । शनिवार सम्पन्न भएको दोस्रो राष्ट्रिय अधिवेशनले शेर्पालाई उपाध्यक्षमा चयन गरेको हो । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समुद्घाटन गर्नुभएको उक्त अधिवेशनमा एमाले स्थायी कमिटी सदस्य एवं जनसङ्गठन समन्वय संयोजन संयन्त्रका संयोजक भानुभक्त ढकाल,एमाले पोलिटब्युरो सदस्य तथा लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घका इन्चार्ज गोकुल घर्ती मगर, पार्टी केन्द्रीय कमिटी सदस्यहरू पासाङ शेर्पा, दावा तामाङ नेपाल आदिवासी जनजाति महासङ्घको अध्यक्ष गेल्जे सेर्पा लगायत नेताहरूको उपस्थिति रहेको थियो । 

राष्ट्रिय अधिवेशनले ५७ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ । अध्यक्षमा नाम्गेल शेर्पा वरिष्ठ उपाध्यक्षमा आङकाजी शेर्पा उपाध्यक्षहरू पेम्बा शेर्पा , फुल्हार्क्पा शेर्पा , ङावाङ ङिमा शेर्पा , डेनि शेर्पा चयन हुनुभएको छ । त्यस्तै उक्त अधिवेशनले महासचिवमा आङपेम्बा शेर्पा र कोषाध्यक्षमा  लामबाउ शेर्पालाई चयन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय