सिन्धुपाल्चोक । तामाङ पत्रकार संघ सिन्धुपाल्चोकले आज अग्रज तामाङ पत्रकार सम्मान तथा अन्तक्रिया कार्यक्रम गरेको छ । २८ औँ तामाङ प्रसारण दिवसको अवसरमा संघले जिल्ला सदरमुकाम चौतारामा रहेको पर्यटकीय स्थल बुद्ध पार्कमा तामाङ पत्रकारका अवसर, चुनौती, वर्तमान अवस्था र भबिष्य बिषयक अन्तक्रिया कार्यक्रम तथा अग्रज तामाङ पत्रकार सम्मान कार्यक्रम सम्पन्न गरेको हो । संघका जिल्ला अध्यक्ष प्रितम तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा तामाङ पत्रकार संघका केन्द्रिय उपाध्यक्ष बुद्ध योन्जनको प्रमुख आतिथ्यता र बलेफी गाउँपालिकाका उपाध्यक्ष सरु लामाको बिशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा आफ्नो भनाई राख्दै प्रमुख अतिथि बुद्ध योन्जनले संघियता पछि पत्रकार तथा सञ्चार गृहहरुको लागि अवसर धेरै भएको बताउनुभयो । ”स्थानीय निकायहरु संग समन्वय गरेर काम गर्न सक्यो भने संघियता पछि पत्रकारहरुको लागि अवसर धेरै छ, उहाँले भन्नुभयो । साथै पेसागत रुपमा काम गर्दै जाद विभिन्न समस्याहरु आइपर्ने र त्यस्ता समस्या समाधानका लागि संघ सङ्गठन आवश्यक पर्ने पनि उहाले बताउनुभयो ।
कार्यक्रमका बिशेष अतिथि सरु लामाले संघलाई अघि बढाउन स्थानीय तहहरु सङ्ग समन्वय गर्न आवश्यक रहेको र यसका लागि संघ सङ्ग सहकार्य गर्न गाउँपालिका तयार रहेको बताउनुभयो ।
कार्यक्रमको अवसरमा जिल्लाको प्रथम तामाङ पत्रकार तथा संघका सल्लाहकार ङेम्लिङ तामाङलाई सम्मान पनि गरेको छ । तामाङले पत्रकारीता क्षेत्रमा गरेको योगदानको कदर गर्दै संघले सम्मान गरेको हो ।
संघले गरेको सम्मान ग्रहण गर्दै पत्रकार ङेम्लिङ लामाले यो पेसा आर्थिक रुपले सबल बन्ने नभई ब्यक्तित्व बिकास र सामाजिक प्रतिष्ठाको लागि गरिने पेसा भएको बताउनुभयो ।
कार्यक्रमका सभापति प्रितम गोलेले सबैको अनुभवहरु साटासाट गर्नपाएकोमा आजको कार्यक्रम प्रभावकारी भएको बताउनुभयो । संघले शान्तिका अग्रदुत गौतम बुद्धको काखमा आफ्नो पहिलो कार्यक्रम गर्न सफल भएको बताउनुभयो ।
संघका सल्लाहकार सुनिता लामा, केन्द्रिय पार्सद कमला पाख्रीन, प्रदेश पार्शद शान्ति थिङ, प्रदेश सदस्य मानकाजी पाख्रीन लगायतको सहभागीता रहेको कार्यक्रममा उपाध्यक्ष अस्मि स्याङ्तान कमलाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम नुमा पाख्रीनले सञ्चाल्न गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय