सिन्धुपाल्चोक । जिल्लाको मेलम्ची-पाँचपोखरी सडक भासिँदा यहाँका नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । मेलम्ची नगरपालिका-९ ज्यामिरे राम्चेडाँडामा पहिरो गएको करिब दुई साता भइसकेको छ । यसभेगको एक मात्र विकल्पका रुपमा रहेको सडक तलबाट भासिएर पहिरो जाँदा यात्रा गर्न कठिन छ ।

सडक जीर्ण हुँदासमेत जोखिम मोलेर जसोतसो यातायातका साधन गुडिरहेका छन् । यसले गर्दा कतिबेला अप्रिय घटना घट्छ भन्न सकिने अवस्था नरहेको पाँचपोखरी थाङ्पाल गाउँपाकिाका स्थानीय सुन्दर सापकोटाले बताउनुभयो । केही दिन अगाडि मात्रै मेलम्चीका नगर प्रमुख आइतमान तामाङ, इञ्जिनीयर लगायतको टोलीले अवलोकन गरी तत्काल सडक मर्मत गर्ने बताए पनि अझै सडक मर्मतको काम सुरु हुन सकेको छैन ।

पाँच पोखरी थाङ्पालका प्रवक्ता नारायण भट्टराईले मेलम्ची नगरपालिकालाई छिटोभन्दा छिटो सडक मर्मत गरी व्यवस्थित बनाउन आग्रह गर्नुभएको छ । गाउँपालिका अध्यक्ष टाँसी लामाले पटक-पटक नगरपालिकालाई आग्रह गरेको तर काम नभएको गुनासो गर्नुभयो । मेलम्चीका नगर प्रमुख तामाङले बजेट विनियोजन भइसकेको भन्दै अब काम सुरु हुने बताउनुभयो । उहाँले माथि काट्ने ठाउँ नभएका कारण तलबाट वाल लगाउनुपर्ने भएकाले केही ढिला भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय