काठमाडौ । “वाल्मीकि बिद्यापिठ” ज्योतिष विभागका अध्यक्ष रामप्रसाद अधिकारीले अवकाश लिनुभएको छ । आज एक कार्यक्रमबीच उहाँले विश्वविद्यालयबाट अवकाश लिनुभएको हो ।

कार्यक्रममा प्रमुख अतिथि पूर्वउपकुलपति प्रा.डा.कुलप्रसाद कोइराला हुनुहुन्थ्यो भने वाल्मीकि विद्यापीठका प्राचार्य प्रा.डा.भागवत ढकालले सभाध्यक्षताको ग्रहण गर्नुभएको थियो ।

विगत ३१वर्षदेखि वाल्मीकि विद्यापीठमा प्राध्यापन गर्दै आउनुभएका निडर तथा स्पष्टवादी पहिचान बनाउनुभएका प्राध्यापक रामप्रसाद अधिकारीको उमेरहदका कारण अनिवार्य सेवा-अवकाशले विद्यापीठ परिवारलाई प्राज्ञिक अभाव खड्किने भएकाले निवृत्त भएपनि समयसमयमा हुने प्राज्ञिक गतिविधिमा समुपस्थित भई आफ्नो अध्ययन-अनुसन्धानद्वारा विद्यापीठलाई लाभ पुर्याइदिनु हुन सभाध्यक्ष एवम् प्राचार्यले विशेष अनुरोध गर्नुभयो।

त्यसैगरी प्रमुख अतिथि प्रा.डा. कुलप्रसाद कोइरालाले आफू उपकुलपति हुँदा रजिष्टार बनिदिन विशेष आग्रह गर्दा पनि नमानेको तथ्य स्मरण गर्दै अधिकारीको त्यागभावनाको उच्च प्रशंसा गर्नुभयो । त्यसैगरी अध्ययनकालदेखि प्राध्यापनकाल सम्म ५०वर्षभन्दा बढी यसै शैक्षिक संस्थासँग आबद्ध भएकाले वाल्मीकि विद्यापीठ मेरोलागि कार्यक्षेत्रमात्र नभएर घर नै लाग्ने अनि सहकर्मी प्राध्यापक कर्मचारीहरू साथी भन्दा पनि परिवारका सदस्य दाजुभाइ दिदीबहिनीझैँ लाग्ने मन्तव्य राख्नु भएका सम्मानित प्राध्यापक रामप्रसाद अधिकारीले आफू निम्न मध्यमवर्गीय परिवारमा जन्मिएकाले घरबाट सामान ल्याई काठमाडौँमा बस्ने आफ्नो स्थिति नभएको भन्दै त्यतिबेला रानीपोखरी संस्कृत छात्रावासमा बसी पढ्ने अवसर पाएकाले आफू विश्वविद्यालयको प्राध्यापक बन्न सफल भएको भन्दै रानीपोखरी छात्रावासप्रति विशेष कृतज्ञता ज्ञापन तथा विद्यापीठ परिवारप्रति आभार प्रकट गर्नुभयो ।

सम्मानित रामप्रसाद अधिकारीले वाल्मीकि विद्यापीठको सहायक प्राचार्य तथा तत्कालीन उपकुलपतिको सल्लाहकार, वाल्मीकि विद्यापीठ एकाइको सभापति तथा प्रजातन्त्रवादी प्राध्यापक संघको केन्द्रीय सचिव आदि विविध प्रशासनिक पद एवम् पेशागत नेतृत्व ग्रहण गर्दै समग्र संस्कृत विश्वविद्यालयको उन्नययनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु भएको तथ्यलाई नेपाल संस्कृत विश्वविद्यालयका पूर्वसभापति डा.शान्तिकृष्ण अधिकारीज्यूले मन्तव्यका क्रममा प्रकाश पार्नु भएको थियो।

पूर्वप्राचार्य डा गणेशप्रसाद घिमिरे , प्राध्यापक पद्मप्रसाद भट्टराई, प्राध्यापक ध्रुव ज्ञवाली, प्रा.डा. आनन्दप्रसाद घिमिरे, प्रा.डा.धनेश्वर नेपाल, प्रा.डा. काशीनाथ न्यौपाने, डा. विष्णुप्रसाद दाहाल, पूर्व सभापति डा. تعلم لعب البوكر नवराज कट्टेल, डा. كيفية لعب بلاك جاك ध्रुव भट्टराई, सहप्राध्यापक भीम कण्डेल, सहप्रा अच्युत लामिछाने, डा. كيفية لعب بوكر मुकुन्दप्रसाद लामिछाने, प्रा.डा.नुरापति पोखरेल, डा प्रमोदवर्धन कौडिन्न्यायन, डा. सुमोदवर्धन कौडिन्न्यायन, सहप्रा रामहरि कोइराला, डा.माधव लामिछाने, डा. वैकुण्ठ घिमिरे, डा.पुरुषोत्तम भट्टराई, डा. जयन्त आचार्य, उपप्रा अर्जुनबाबु दाहाल , डा.प्रेमराज न्यौपाने, उपप्रा डा.नारायणप्रसाद निरौला, उपप्रा शिवराज लामिछाने, उपप्रा शालिग्राम ढकाल, उपप्रा दुर्गामणि सिग्देल, उपप्रा श्याममणि नेपाल, उपप्रा. उत्तम पौडेल, उपप्रा शान्तरत्न वज्राचार्यज्यू लगायतका विशिष्ट प्राध्यापकहरूको उत्साहपूर्ण सहभागिताले कार्यक्रम अत्यन्त गरिमामय बनेको र नेपाल संस्कृत विश्वविद्यालयका कोषाध्यक्ष डा.नारायण बराल, प्राध्यापक संघ वाल्मीकि विद्यापीठका सभापति प्रा.डा.देवमणि भट्टराई, प्रजातन्त्रवादी प्राध्यापक संघ, वाल्मीकिका अध्यक्ष मुरली दाहाल, राष्ट्रिय प्राध्याक संघ वाल्मीकिका अध्यक्ष तथा स्थापित मुक्तककार तेजविलास अधिकारी, कविवर नवराज घिमिरे (कवितात्मक शुभकामना), कर्मचारी संघकी अध्यक्ष वसन्ती जोशी , नेसंवि कर्मचारी संघका केन्द्रीय अध्यक्ष रमेश जोशी र विद्यार्थीका तर्फबाट नेविसंघ वाल्मीकि विद्यापीठका संयोजक चोलेन्द्र रिजाल लगायतले सम्मानित अधिकारीज्यूको स्वस्थ तथा सक्रिय निवृत्त जीवनको शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम उतसाहपुर्ण सहभागीता मुलक रहेको वाल्मीकि विद्यापीठका उपप्राध्यापक उमेशप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय