Site icon Subhatime

देबेन्द्र खत्री र सुरेश राना एमाले बागमति प्रदेश कमिटिमा सिफारिस

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं ६ का ब्यवशायी देबेन्द्र खत्री एबं माओवादी केन्द्र परित्याग गरि एमाले प्रबेस गर्नु भएका युबा सुरेश राना नेकपा एमाले बागमति प्रदेश कमिटि सदस्यमा सिफारिस हुनु भएको छ।
लामो समय नेपाली कांग्रेसमा खत्री नेपाली कांग्रेसका पुर्ब जिल्ला कोषाध्यक्ष समेत हुनुहुन्थ्यो ।गत २०७९ बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा उहां नेपाली कांग्रेसको तर्फबाट गाउँपालिकामा अध्यक्षका प्रबल दाबेदार हुनुहुन्थ्यो ।तर दाबेदार धेरै भएर उम्मेदवार छनौटमा ढिलासुस्ती हुंदा आक्रोशित भएर गत २०७८ चैत्र १७ गते एमाले स्थायी कमिटि सदस्य शेर बहादुर तामाङ,जिल्ला अध्यक्ष कमल नेपाल लगायतको उपस्थितिमा नेकपा एमाले प्रबेश गरेका गर्नु भएको थियो ।त्यसैगरी वाईसीएल नेपालका केन्द्रिय नेता सुरेश राना पनि गत निर्बाचन ताका एमाले प्रबेश गर्नु भएको थियो ।

।एमाले स्थायी कमिटी सदस्य शेर बहादुर तामाङका अनुसार अन्य पार्टीबाट एमाले प्रबेश गर्नु भएका महत्त्वपूर्ण ब्यक्तित्वहरुलाई उपयुक्त जिम्मेवारी दिने पार्टीको निति अनुसार उहाँ लगायत सुरेश रानालाई बागमति प्रदेश कमिटी सदस्यमा सिफारिस गरिएको बताउनु भयो ।

एमाले बागमति प्रदेश कमिटि सदस्य एबं पाँचपोखरी थाङपाल गाउंपालिका अध्यक्ष टासी लामाले उहांको एमाले प्रवेशको कारण पाँचपोखरीमा दुई तिहाई बहुमत सहित जीत निकाल्न सहज भएको बताउनु भयो ।

स्मरण रहोस,गत स्थानीय निर्बाचनमा गठबन्धनका बाबजुद पाँचपोखरी थाङपाल गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष ,उपाध्यक्ष सहित दुई तिहाई बहुमत प्राप्त गरेको थियो ।

Exit mobile version