Site icon Subhatime

नगर कमिटी द्वारा आयोजित स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

नेकपा एमाले मेलम्ची नगर कमिटीले स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई सम्मान तथा प्रशिक्षण कार्यक्रम गरेको छ । नगर कमिटिका अध्यक्ष बिजय कृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका स्थाइ कमिटि सदस्य शेर बहादुर तामाङ, केन्द्रिय सदस्य सरेश , अनुशासन आयोगका सदस्य डम्बर अर्याल , धर्मकृष्ण श्रेष्ठ लगायतले जनप्रतिनिधि तथा एमालेका नेता कार्यकर्तालाई प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा प्रमुख तामाङले मंसिर ४ को निर्वाचनमा डटेर लाग्न निर्देशन दिनुभयो ।

उहाँले स्थानिय तहमा अपेक्षकृत नतिजा आउन नसकेको भन्दै आउँदो चुनावमा नतिजा देखिने गरि खट्न आग्रह गर्नुभयो । उहाँले पार्टि भित्रै अन्र्तघातको कुरा निस्किएको भन्दै त्यसो नगर्न समेत चेतावनी दिनुभएको छ । त्यस्तै कार्यक्रममा सरेश नेपालले पार्टिको एजेण्डा बोकेर गाउँ गाउँमा केन्द्रित हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।

उहाँले जनताहरु सुर्य चिन्हमा मतदान गर्न आतुर रहेको उल्लेख गर्दै गठबन्धन विरुद्ध डटेर सामना गर्न एमाले तयार रहेको बताउनुभयो । कार्यक्रममा सैलुङ गाउँपालिका निवर्तमान अध्यक्ष भरत दुलाल लगायतको उपस्थिति रहेको नगर कमिटि सचिव शालिकराम अधिकारीले जानकारी दिनुभयो ।

Exit mobile version