सिन्धुपाल्चोक । झोलुङ्गे पुल तथा बस्ति संरक्षणका लागि मेलम्ची बजार बासिहरुले नगरपालिका सँग अपिल गरेका छन् ।

शुक्रबार नगर प्रमुख आइतमान तामाङ र उपप्रमुख उमा प्रधानलाई ध्यानाकर्षण पत्र बुझाउँदै बजारका बाढी प्रभावितहरुले तत्काल पुल संरक्षका लागि सहयोग गरिदिन आग्रह गरेका हुन् । मेलम्ची नगरपालिकाको वडा नम्बर ११ र को केहि भाग अन्य वडाहरु ७,८,९,१० त्यस्तै पाँचपोखरी थाङ्पाल गाउँपालिका र इन्द्रावती गाउँपालिकाको विभिन्न भेगमा जाने एकमात्र विकल्पको रुपमा रहेको झोलुङ्ग पुलमा बाढीले पुनः क्षति गर्न थालेपछि संरक्षणको माग गर्दै स्थानियले पत्र बुझाएका हुन् ।

नदिले धार परिवर्तन गरेसँगै झोलुङ्गेपुल ,दोभानटारमा रहेका बस्ति ,धार्मिक तथा ऐतिहासिक मन्दिर इन्द्रेस्व महादेव समेत जोखिममा रहेको पत्रमा उल्लेख गरिएको छ । मेलम्चीका स्थानीयका तर्फबाट महाबिर श्रेष्ठले पत्र हस्तान्तरण गर्नुभयो ।

पत्र बुझ्दै नगर प्रमुख तामाङले तत्काल प्राविधिक टोलि खटाएर संरक्षणको काम गरिने बताउनुभयो । उहाँले पुुल सँगै बस्ति संरक्षण गर्नमा नगरको मुख्य प्राथमिकता रहने समेत बताउनुभयो । छलफलमा बाढी पिडित, नगर प्रमुख तामाङ,उपप्रमुख उमा प्रधान, प्राविधिक लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय