सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका –४ थकनीको डाँडाकटेरीका पहिरोको उच्च जोखिममा रहेका ६ परिवारका लागि टेण्ट र त्रिपाल र प्लाष्टिक हस्तान्तरण गरिएको छ ।

मेलम्ची नगरपालिकाकि उपप्रमुख उमा प्रधानले वडा अध्यक्ष संजिव तामाङलाई सो सामाग्रि हस्तान्तरण गर्नुभएको हो । डाँडाकटेरिका जोखिममा रहेका १४ घर मध्य उच्च जोखिममा रहेका ६ घर परिवारलाई टेण्ट वितरण गरिएको नगरपालिकाका वातावरण अधिकृत सुजन दुलालले जानकारी दिनुभयो ।

थकनीका कान्छाराम तामाङ, जितबहादुर तामाङ , रणबहादुर तामाङ, कृष्णबहादुर तामाङ, रामबहादुर तामाङ र भक्त बहादुर राउतको परिवारलाई सामाग्रि उपलब्ध गराइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय