सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती ५ लाई कृषि पशुपालनको पकेट क्षेत्रका रूपमा विकास गरिने भएको छ । वडाध्यक्ष शशिनाथ आचार्यले कृषि पशुपालनका निम्ति इन्द्रावती ५ उपयुक्त क्षेत्र भएकाले गाउँपालिकाले समेत विशेषरुपले हेरेको बताउनुभयो । 

आज नयाँपानी भूमि अधिकार कृषक समूहले स्थापना गरेको दुग्ध सङ्कलन तथा प्रशोधन केन्द्रको समुद्घाटन समारोहमा बोल्नुहुँदै वडाध्यक्ष आचार्यले इन्द्रावती ५ लाई कृषि तथा पशुपालनको पकेट क्षेत्र बनाउन पालिका वडा दुवैले विशेष भूमिका खेल्ने बताउनुभयो । 

अहिले वडामा धेरै गाई फार्म खोलेर व्यावसायिक ढङ्गले किसानहरू लागेको र कृषकहरूको प्रोत्साहनका लागि गाउँपालिकाले प्रतिलिटर ४ रुपैयाँले बढाएको बताउनुभयो । उहाँले दूधमा इन्द्रावती गाउँपालिकालाई नै आत्मनिर्भर बनाउने उद्देश्य रहेको बताउनुभयो । बाँदर बँदेलले लगाएको अन्नबाली सखाप पारे पछि जमिन बाझो राख्न बाध्य भएका किसानहरूलाई ‘‘कृषक प्रोत्साहन कार्यक्रम’’ मार्फत बाझो जमिनमा घाँस रोप्न लगाएर कृषि खेतीमा प्रोत्साहन गर्ने वडाध्यक्ष आचार्यले बताउनुभयाे । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय