काठमाडौं / संघीय संसद अन्तर्गको प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।


अपरान्ह दिउँसो १ बजे संघीय संसद भवन बस्ने सो बैठकका लागि सम्भावित कार्यसुची संघीय संसद सचिवालयले सार्वजनिक गरेको छ ।

जसअनुसार ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७’, ‘शपथ सम्बन्धी विधेयक, २०७९’, स्टान्डर्ड नाप र तौल पाँचौं संशोधन विधेयक, २०७४’, ‘प्रत्ययन विधेयक, २०७८’ विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।


प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त ‘तथ्यांक विधेयक, २०७८ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि संघीय संसद सचिवालयले सावर्जनिक गरेको छ । सबै बिद्येयकहरु राष्ट्रिय सभावाट सन्देशसहित प्रतिनिधिसभालाई प्राप्त भएका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय