काठमाडौँ । प्रमुख प्रतिपक्ष नेकपा एमालेले महँगी र भ्रष्टाचारविरुद्ध जनप्रदर्शन गरेको छ । सरकारले महँगी नियन्त्रणमा कुनै कदम नचालेको भन्दै सडकमा उत्रिएर एमालेले विरोध गरेको हो । 

काठमाडौंका विभिन्न स्थानबाट एमालेको भ्रातृ संगठनले निकालेको ¥याली वसन्तपुरमा पुगेको छ । 

गठबन्धन सरकारका कारण सबैतिरबाट बेथिति छाएकाले खबरदारी गरिएको जनप्रदर्शन आयोजक कमिटीका संयोजक कृष्णगोपाल श्रेष्ठले बताउनुभयो । 

जनप्रदर्शनमा पार्टीका काठमाडौँ उपत्यकाका भूगोलका तीन वटै जिल्ला कमिटी, उपत्यका विशेष प्रदेश कमिटी र त्यस अन्तर्गतका चार वटा जिल्ला कमिटी, सम्पर्क कमिटी, जन वर्गीय सङ्गठनहरू, सांसदहरू, पार्टीको केन्द्रीय विभागहरू लगायतको सहभागिता रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय