मेलम्ची / अब सिन्धुपाल्चोकको मेलम्चीमै अंग्रेजी माध्यमबाट कक्षा ११ र १२ मापठन पाठन हुनेभएको छ । नयाँ शैक्षिक सत्र २०७९ देखि प्रगति अंग्रेजी माध्यमिक विद्यालयले अंग्रेजी माध्यमबाट कक्षा सञ्चालन गर्न लागेको हो ।प्रगति अंग्रेजी मा।वि। निजि क्षेत्रबाट सन्चालित यस भेगकै पहिलो र एकमात्र ं२ संचालन गर्ने विद्यालय हो।अभिभावकहरुको चाहाना र स्थानिय आवश्यकतालाई मध्यनजर गर्दै कक्षा सञ्चालन गर्न लागिएको विद्यालयका अध्यक्ष विजयकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

लेखा अध्ययन, कम्प्युटर विज्ञान, ब्यवशायिक अध्ययन लगायतका विषयमा कक्षा ११मा धमाधम भर्ना खुलेको विद्यालयका प्रिन्सिपल ऋषिराम नेपालले जानकारी दिनुभयो । यहि साउन १४ गतेदेखि फारम वितरण गरिरहेको विद्यालयको प्रवेश परिक्षा श्रावण २२ गते र २५ गतेबाट कक्षा सञ्चालन गर्ने योजना छ । सिट सिमित भएकाले समयममै विद्यालयमा सम्पर्कगरी सिट सुरक्षित गर्नुहुन विद्यालयले आह्वान गरेको छ ।

मेलम्ची नगरपालिकाले शिक्षा समितिको २०७८ चैत्र १३ गतेको सिफारिस र नगर कार्यपालिकाको १८ गतेको निर्णयले विद्यालयलाई कक्षा ११ र १२ सञ्चालनका लागि अनुमती दिएको थियो । आफ्नै गाँउठाउमा गुणस्तरीय शिक्षा प्राप्त हुने भएपछि पढ्नकै लागि काठमाडौ जानुपर्ने बाध्यताको अन्त्य भएकोमा स्थानिय अभिभावकहरू खुसी भएका छन्।

विद्यालयमा भर्नाको लागि मेलम्ची नगरपालिका लगायत इन्द्रावती, पाँचपोखरी र हेलम्बु गाँउपालिकाबाट समेत अभिभावक आइरहेको विद्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय