सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिकाले रेबिज रोगको लक्षण देखिएका कुकुरहरूबाट जोगिन पालिकावासीलाई आग्रह गरेको छ । 

थाङपालकोट र आसपासका वडाहरूमा रेबिज रोगको लक्षण देखिएको भन्दै गाउँपालिकाले सचेत रहन आग्रह गरेको हो । 

आइतबार निमित्त प्रमुख प्रशासकीय अधिकृत सञ्जय कुमार सिंहले एक सूचना गर्दै घरपालुवा कुकुरलाई छाडा नछाड्न र सडकमा छाडा छोडिएका कुकुरबाट होसियार हुन आग्रह गर्नुभयो । 

“पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं. ४ थाङपालकोट र आसपासका वडाहरूमा रेबिज रोगको लक्षण देखिएका बहुला कुकुरले मानिस, पशु वस्तु र अन्य कुकुरहरूलाई टोकी बहुला कुकुरहरूको सङ्ख्या बढ्दै गइरहेको हुँदा आ-आफ्नो घरपालुवा कुकुरलाई छाडा नछोड्न र सडकमा छाडा छोडिएका कुकुरबाट होसियार हुन सर्वसाधारण सबैमा अनुरोध गरिन्छ”,सूचनामा भनिएको छ । 

बहुला कुकुर देखिएमा सम्बन्धित वडा कार्यालय तथा कृषि तथा पशु सेवा इकाई, पशु सेवा शाखा र गाउँपालिका कार्यालयमा जानकारी गराउन समेत सूचनामा उल्लेख छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय