सिन्धुपाल्चोक । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज सिन्धुपाल्चोकको मेलम्चीमा विरोध प्रदर्शन गरेको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी २ नम्बर क्षेत्रीय कार्य समितिद्वारा आयोजित कार्यक्रममा ‘‘सघिंयता खारेज गर’’, ‘‘हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना गर’’,‘‘राष्ट्रघाती नागरिकता विधेयक खारेज गर’’ लगायतका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरिएको थियो । 

कार्यक्रममा क्षेत्र नम्बर २कि क्षेत्रीय सभापति कुमारी तामाङले देशमा भ्रष्टाचार मौलाउँदै गएकाले कालोबजारी ,महँगी ,चरम कर वृद्धि , मेलम्ची इन्द्रावती बाढी पीडितहरूको लागि पार्टीबाट माग गरिएको ध्यानाकर्षण पत्रलाई समेत सरकारले बेवास्ता गरेका कारण विरोध प्रदर्शन गर्न बाध्य भएको बताउनुभयो ।कार्यक्रममा केन्द्रीय पार्सद , बोलबहादुर तामाङ , क्षेत्र न. २ प्रदेश ‘ख’ का अध्यक्ष गोविन्द गुरुङ लगायत उपस्थित हुनुहुन्थ्यो ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको २२ बुँदे माग लागू नभएको र त्यसकै लागि पुनः सडकमा उत्रनु परेको तामाङले बताउनुभयो । हामीले उठाएका माग सरकारलाई बुझाउन र दबाब दिन साङ्केतिक रूपमा विरोध प्रदर्शन गरेको तामाङले जानकारी दिनुभयो ।

कार्यक्रममा पूर्व केन्द्रीय सदस्य बद्री चौलागाई, पूर्व केन्द्रीय पार्सद अम्बर बहादुर पण्डित , क्षेत्र नम्बर २ प्रदेश क का अध्यक्ष एवम् पूर्व केन्द्रीय सदस्य बाबुराम खड्का ,राप्रपा पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष भीम बहादुर गुरुङ चित्र, चौतारा साँगाचोकगढि नगरपालिकाका अध्यक्ष शेर बहादुर ठकुरी लगायतले विरोध र्‍याली पछिको कोणसभालाई सम्बोधन गर्नुभएको पार्टीका आर्थिक विभाग प्रमुख एवम् मेलम्ची नगरपालिकाका मेयर पदका प्रत्याशी शेष बहादुर तामाङले जानकारी दिनुभयो । राप्रपाले आउँदो १८ गते मेलम्चीमै जनप्रदर्शन गर्ने समेत जनाएको छ । 

राप्रपाले असार १ गते महँगी नियन्त्रण, किसानलाई समयमै मल, राष्ट्रियताको संरक्षण, सङ्घीयता खारेजी लगायत माग राखेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको थियो । उक्त ज्ञापन पत्र बेवास्ता गरेको भन्दै राप्रपाले अहिले विरोध गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय