काठमाडौँ । नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)ले यस वर्षको इञ्जा ग्रामीण पत्रकारिता पुरस्कार रेडियो मेलम्चीलाई प्रदान गरेको छ । 

ग्रामीण आवाजलाई उजागर गर्ने उद्देश्यले २०६९ सालमा सिन्धुपाल्चोकको मेलम्चीमा प्रसारण सुरु भएको रेडियो मेलम्चीलाई यो वर्षको ग्रामीण पत्रकारिता पुरस्कार प्रदान गरेको हो । 

शनिवार बागबजारमा  आयोजित कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले रेडियो मेलम्चीका संस्थापक अध्यक्ष सरोज ढुङ्गानालाई पुरस्कार वितरण गर्नुभएको हो । 

१०७.२ मेघाहर्जबाट स्थानीय नागरिकलाई सुसूचित गर्ने र उनीहरूका आवाजलाई जस्ताकोतस्तै सम्प्रेषण गरेर सामुदायिक रेडियोको मर्मलाई आत्मसात् गरेको रेडियोलाई ५० हजार धनराशिसहित पुरस्कृत गरिएको छ । 

पुरस्कार लिनुहुँदै रेडियोका संस्थापक अध्यक्ष सरोज ढुङ्गाना

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय