काठमाडौँ । डा.स्वामी रामानन्द गिरिज्यूको पाँचौँ स्मृति दिवसका अवसरमा रामानन्द प्रज्ञा वक्तृत्वकला सम्पन्न भएको छ ।

महेश संस्कृत गुरुकुल, देवघाटधामद्वारा समायोजित उपत्यका व्यापी वक्तृत्व प्रतियोगितामा उपत्यकाका ४६ वटा विद्यालयका प्रतिनिधि ४६जना छात्र-छात्राले भाग लिएका थिए। 

महेश संस्कृत गुरुकुल तथा महेश सन्न्यास आश्रमका पीठाधीष श्री १००८ स्वामी रमणानन्द गिरिज्यूको सभाध्यक्षता रहेको त्यस सभामा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवं संस्कृतिविद् डा।जगमान गुरुङज्यूको प्रमुख आतिथ्य रहेको उक्त सभामा वाल्मीकि विद्यापीठका प्राचार्य प्रा.डा.भागवत ढकाल ,  वरिष्ठ समालोचक प्रा.डा. महादेव अवस्थी, सहप्रा.डा.नवराज कट्टेल, सहप्रा.डा.श्रीराम अधिकारी, प्रा।डा।नुरापति पोख्रेल, महेश संस्कृत विद्यापीठका प्राचार्य कमल सुवेदी, महेश संस्कृत गुरुकुल मावि.का प्रधानाध्यापक फणिन्द्र पौडेल, महेश छात्र परिषद्का अध्यक्ष उपप्रा.उमेशप्रसाद घिमिरे, डा.वैकुण्ठ घिमिरे, उपप्रा.रोहिणीराज तिमल्सिना, कवि नीराजन पन्त, उपप्रा.शिवराज लामिछाने लगायतका विशिष्ट विद्वज्जनको उल्लेखनीय सहभागिता रहेको थियो। 

प्रतियोगितात्मक यस कार्यक्रमको निर्णायक मण्डलमा नेपाली साहित्यकी स्थापित कवयित्री तथा पिके क्याम्पसकी सहप्राध्यापक प्रभा भट्टराई, वाल्मीकि विद्यापीठका सहप्रा।डा।मुकुन्द लामिछाने र नेपाल संस्कृत विश्वविद्यालयका सहप्रा.डा.लेखप्रसाद निरौलालाई जिम्मेवारी दिइएको थियो । ‘‘असल नागरिक निर्माणमा नैतिक शिक्षाको भूमिका’’ विषयक वक्तृत्वकलामा सहभागी ४६वक्ताहरूमध्ये सरस्वती एकेडेमी, चाबहिलकी छात्रा आयुषा सापकोटा प्रथम, रिपुमर्दिनी सैनिक महाविद्यालय, बाँसबारीका छात्र सुतृष्ण पौडे द्वितीय, नेपाल वेद विद्याश्रमका छात्र अञ्जन ढुङ्गेल तृतीय अनि टाइमलाइन एकेडेमी,जोरपाटीकी छात्रा प्रसन्ना पुडासैनी र सैनिक आ। महाविद्यालय, भक्तपुरकी छात्रा कुशा पोख्रेलले प्रोत्साहन प्राप्त गर्न सफल भएका थिए ।

विजयी छात्रछात्रालाई प्रमुख अतिथि डा।जगमान गुरुङज्यूको हातबाट प्रमाणपत्र र सभाध्यक्ष रमणानन्द गिरिज्यूको हातबाट नगद पुरस्कार वितरण गरिएको थियो। अन्तमा सबै प्रतियोगीलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको उक्त सभामा प्रमुख अतिथि डा।जगमान गुरुङज्यूले मन्तव्यका क्रममा गुरुको स्मृतिमा महेश संस्कृत गुरुकुलले यश किसिमको बौद्धिक सभा आयोजना गरी नैतिक शिक्षा एवम् गुरुकुल शिक्षाका उन्नायक ब्रह्मलीन स्वामी डा.रामानन्द गिरिजी महाराजको वास्तविक सम्मान गरेको टिप्पणी गर्नुभएको थियो। 

अन्तमा सभाध्यक्षको आसनबाट स्वामी रमणान्द गिरिज्यूले ब्रह्मलीन गुरुज्यूको पाँचौँ स्मृति दिवसका अवसरमा प्राज्ञिक विद्वज्जनसँग सत्सङ्ग तथा राष्ट्रका कर्णधार युवा वर्गको दृष्टिकोण सुन्न पाएर साह्रै प्रसन्न भएको र यस किसिमका सभा(समारोह समय समयमा गुरुकुलले आयोजना गर्ने प्रतिबद्धताका साथ सबै अतिथि, निर्णायक, प्रतियोगी,सहभागी तथा सहयोगी महानुभावप्रति हार्दिक आभारसहित सभा विसर्जन गर्नु भएको थियो। सभाको सुरुमा महेश गुरुकुल मावि।का प्रधानाध्यापक फणिन्द्र पौडेलले स्वागत मन्तव्य र अन्तमा महेश विद्यापीठका प्राचार्य कमल सुवेदीले आयोजक संस्थाका तर्फबाट धन्यवाद मन्तव्य राख्नु भएको थियो भने उक्त कार्यक्रमको सञ्चालन गुरुकुलका छात्र आचार्य पर्वत घिमिरेले गर्नुभएको थियो। 

प्रतियोगिताको बिचबिचमा सहभागीलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले स्थापित युवा कविहरू सुदेश सत्याल, सच्चिदानन्द पौडेल, दृवी बराल, शिवराज लामिछाने, नगाधिराज आदिले आफ्ना कविता सुनाएका थिए । समग्रमा उपत्यकाका स्थापित सरकारी तथा गैरसरकारी विद्यालयबाट आएका छात्रछात्रा तथा प्रतिनिधि शिक्षक, विभिन्न विश्वविद्यालयका प्राध्यापक तथा स्थापित विद्वान्, सन्त महात्मा र कवि जनहरूको उत्साहपूर्ण सहभागितामा सम्पन्न उक्त वक्तृत्वकला समारोह सभ्य, भव्य, रम्य रहेको  सभामा सहभागी उपप्राध्यापक उमेशप्रसाद घिमिरेले जानकारी गराउनु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय