मेलम्ची । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झंकनाथ नेपालले हिजो २ जनाको ज्यान जाने गरि घटेको घटनास्थलको निरिक्षण गर्नुभएको छ । विभिन्न वडाका वडा अध्यक्ष, स्थानिय लगायतले संयुक्त रुपमा अवलोकन गर्नुभएको थियो । सोमबार इन्द्रावती गाउँपालिका ५ कोइरालाटारमा भीरबाट खस्दा एक महिला सहित बालककोे मृत्यु भएको थियो ।

अनुगमन पश्चात अध्यक्ष नेपालले दुख ब्यक्त गर्दै बाटोलाई तत्काल सुरक्षित बनाउन निर्देशन दिनुभयो । उहाँले रेलिङ हुन्छ या अरु कुन उपाय लगाएर हुन्छ तत्काल काम सुरुगर्न निर्देशन दिनुभएको गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ५का वडा अध्यक्ष शाशिनाथ आचार्यले जानकारी दिनुभयो । त्यस्तै मध्यपहाडि लोकमार्गसँग पालिका र लोकमार्ग बिच समन्वय गरेर अलपत्र अवस्थामा रहेको बाटो खुलाउन ताकेता गर्ने समेत अध्यक्ष नेपालले बताउनुभयो ।


मंगलबार चौतारा सांगाचोकगढी नगरपालिका सानुसिरुवारी घर भएकी ५५ बर्षिया गोमा धिताल र उनको बहिनीको छोरा मेलम्ची नगरपालिका ११ बस्ने ५ बर्षिय बिशेष चालिसेको भीरबाट खसेर खोलाले बगाउँदा मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय