मेलम्चि \ सुर्यमुखी साना किसान कृषि सहकारीमा दुध विक्री गर्ने कृषकहरुलाई मंगलबार सहकारीले अनुदान वितरण गरेको छ । नेपाल सरकार पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय वागमती प्रदेश हेटौडा बाट प्राप्त दुध उत्पादनमा आधारित अनुदान कृषकलाई वितरण गरेको हो । ११ लाख ९९ हजार लिटर दुध बराबरको ७ सय ७३ जना कृषकलाइ १ रुपैयाँ ६३ पैसाका दरले १९ लाख ५५ हजार रुपैयाँ वितरण गरिएको सहकारीकी लेखापाल बिना पोखरेलले जानकारी दिनुभयो ।

कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले आगामी दिनमा कृषकहरुको लागि विभिन्न अनुदानको कार्यक्रम ल्याउने उल्लेख गर्दै सुर्यमुखी सहकारी संग समन्वय गर्दै आगामी दिनमा अगाडि बढ्ने बताउनुभयोे । किसानले सहकारी बाट लिएको ऋणमा नगरपालिकाले आन्तरिक स्रोत मार्फत ५ प्रतिशत ब्याज दिनेकुरामा आफुले पहल गर्ने प्रमुख तामाङले उद्घोष गर्नुभयो । उहाँले माटो सुहाउँदो बालि लगाउन आग्रह गर्दै माटो परिक्षण गरेर विभिन्न वडा हरुलाइ पकेट क्षेत्र घोषणा कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।

कृषकको समृद्दिको लागि नगरपालिकाले बिभिन्न कार्यक्रम ल्याउने प्रमुख तामाङको भनाई थियो । कार्यक्रममा उपप्रमुख उमा प्रधानले सहकारीको बचत ,लगानी भनेकै आफ्नै लगानी भएको बताउनुभयो । उहाँले सहकारी धनी हुनुभनेको किसान धनिहुनु भएकाले कुनै न कुनै सहकारी मार्फत किसानलाइ सहकारीमा जोड्ने काममा लाग्ने बताउनुभयो । उपप्रमुख प्रधानले बन्यजन्तु नियन्त्रण गर्नु अति आवस्यक रहेको उल्लेख गर्दै बैकल्पिक खेती गर्न सुझाउनुभयो ।

त्यस्तै सहकारीका अध्यक्ष मित्रलाल चौलागाईले सहकारी मार्फत दूध बेच्ने किसानका लागि अनुदान बितरण कार्यक्रमले किसानलाइ थोरै भएपनी राहत मिलेको बताउनुभयो । यसभन्दा अघि सहकारीले आफ्नै स्रोतबाट बितरण गरेको उल्लेख गर्दै उहाँले सहकारीले गरिरहेको कामको चर्चा गर्नुभएको थियो । गाईबस्तु पालेर दूध बेचेर मनग्य आम्दानी गर्न सकिने भन्दै अध्यक्ष चौलागाईंले दूध बेचेरै आम्दानीको स्रोत बढाउन सकिने उल्लेख गर्नुभयो । उहाँले जंगली जनावरले दुख दिएर बालिनाली भित्र्याउन भएको समस्यालाई दृष्टिगत गर्दै त्यस्तो जमिनमा घाँस रोपेर जग्गाको उपयोग गर्न आग्रह गर्नुभयो ।

उहाँले एउटा ,दुइटा गाई, भैंसी ,बाख्रा पाल्नेहरुले अब उन्नत जातको गाइभैसी पालेर थप आम्दानी गर्न सुझाउनुभयो । चौलागाईले ५ लाख देखि ५० सम्म ऋण लागानी गर्न सक्ने क्षमता भएको सहकारी भएकाले व्यावसायिक बन्न र ब्यबशाय गर्न नडराउन आग्रह गर्नुभयो । उहाँले नगरपालिकाले गर्ने प्रत्येक कृषिका कार्यक्रम सहकारी मार्फत गर्न समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा वडा अध्यक्षहरुको तर्फबाट वडा नम्बर २ का वडा अध्यक्ष नगेन्द्र प्रसाद खतिवडाले आफ्नो भनाई राख्नुभएको थियो भने बिमा समिति संयोजक गोबिन्द चौलागाईंले स्वागत मन्तब्य राख्दै सहकारिको उद्देश भनेकै किसानलाइ सहयोग गर्नु रहेको बताउनुभयो । उहाँले सहकारी मार्फत किसानले पाउने अनुदान बितरण गर्ने हो भने अझै सहज हुने बताउनुभयो । कार्यक्रम भिमसेन प्रसाद चौगाईको सभापतिमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय