सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका वडा नम्बर ५ कोइरालटारको भीरबाट खसेर खोलाले बगाउँदा २ जनाको मृत्यु भएको छ ।

दिउँसो माइत जाने क्रममा चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ७ की ५५ वर्षीय गोमा धिताल र मेलम्ची नगरपालिका वडा नम्बर ११ का ५ वर्षको विशेष चालिसेको मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक इन्द्रजित इटनीले जानकारी दिनुभयो ।

मृत्यु हुने विशेष चालिसे ठुली आमासँगै मामाघर जान भनेर हिँडेका थिए । उनीहरू धुसेनी हुँदै भोटसिपा जाने क्रममा भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । ३ः३० मा कोइरालटारबाट बगाएको लास ४ः०५ मा फट्केश्वरमा भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय