बाह्रबिसे / बाह्रबिसे नगरपालिका–७ टंसारका बाढीपहिरो पीडितलाई सोमबार लालपूर्जा वितरण गरिएको छ । पहिरो पीडित लाइ बस्ती स्थानान्तरणको लागि सोमबार पुर्व मन्त्री एबम् नेपाली काँगसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत , नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेत, उपप्रमुख मञ्जु तामाङले त्यहाँका १४ जना पहिरो पीडितलाई लालपुर्जा वितरण गर्नुभएको हो ।

२०७७ भदौमा आएको पहिरोले टंसारका ५७ घर पहिरोबाट विस्थापित भएकोमा हाल १४ परिवारलाई डाँडागाउँका सुरक्षित स्थानमा घर निर्माण गर्न जग्गाको लालपुर्जा प्रदान गरिएको बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले जानकारी दिनुभयो ।

अन्य विस्थापितलाई पनि सुरक्षित स्थानमा जग्गा खोजी गरेर लालपुर्जा वितरण गरिने र घर बनाउन असोजमा उनीहरुलाई रकम उपलब्ध गराउने उहाँले बताउनुभयो ।
अव सुरक्षित स्थानमा आवास निर्माण गरी सुरक्षित रुपमा बस्न पाइने आसा पलाएको नेपाली कांग्रेस नेता एवं महाधिवेशन प्रतिनिधि एबम् स्थानिय युधिर पौडेलले बिश्वास ब्यक्त गर्नुभयो ।
हालसम्म जिल्लाका १२ स्थानीय तहका विभिन्न स्थानमा बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिले घर गुमाएका एक हजार ४१ परिवार लाभग्राही कायम भएका छन् ।

पीडितकालाई पुनर्बासका लागि जग्गा खरिद गर्न ३ लाख र घर निमार्णका लागि ५ लाख दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय