सिन्धुपाल्चोक। नेकपा माओवादी केन्द्रका नेता माधव सापकोटा (सुबोध)ले सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा माओवादी पहिलो पार्टी भएको दाबी गर्नुभएको छ । 

टेलिभिजनको एक कार्यक्रममा अन्तर्वार्ता दिनुहुँदै उहाँले आगामी निर्वाचनमा माओवादी केन्द्रले चुनाव जित्ने दाबी गर्नुभयो । 

उहाँले स्थानीय तहको निर्वाचनमा मोहनबहादुर बस्नेतले गुण्डागर्दी गरेर चुनाव जितेको बताउनुभयो । ‘स्थानीय तहको निर्वाचनमा पनि मोहनबहादुर बस्नेतले गुण्डागर्दी गरेर पैसा वितरण गरेर धाँधली गरेका छन्, हामीले स्वच्छ ढङ्गले प्रतिस्पर्धा गर्दा काँग्रेस ५ पालिका जितेर पहिलो र हामी ४ पालिका जितेर दोस्रो भएका छौँ’,उहाँले भन्नुभयो । 

‘‘मोहनजीलाई एक्लै हराएर अग्नि सापकोटाले चुनाव जित्नुहुन्छ। माओवादी पहिलो पार्टी भएकाले उहाँको जित सुनिश्चित छ। उहाँ आफ्नो पार्टी सभापति शेरबहादुरजीलाई त मान्नुहुन्छ’ उहाँले भन्नुभयो ।

सिन्धुपाल्चोकमा काङ्ग्रेससँग माओवादी एक्लै लड्न तयार रहेको उहाँको दाबी थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय