काठमाण्डौ, नेपाल नगरपालिका संघले हालै सम्पन्न निर्वाचनमा बिजयी भएका वाग्मती प्रदेशका नगरप्रमुख , उपप्रमुख लगायत कार्यकारी अधिकृतहरुका लागि आईतबार काठमाण्डौमा एक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।

बाग्मती प्रदेशका ४४ नगरपालिकाका प्रतिनिधिहरु सम्मिलित सो कार्यक्रममा नगरपालिकाले गर्नुपर्ने र पालना गर्नुपर्ने बिभिन्न बिषयमा प्रकाश पारिएको थियो ।

कार्यक्रममा नगरपालिको परियोजना छनौटका लागि नगर बिकास कोषले सहकार्य तथा सहयोग गर्नसक्ने जानकारी दिँदै कोषले ऋणका प्रदान गर्ने विषयहरुबारे कोषका कार्यकारी निर्दैशक कृष्णप्रसाद सापकोटाले प्रस्तुतिकरण दिनुभएको थियो ।
यस्तै सार्वजनिक निजी साझेदारी गर्न सकिने बिभिन्न पूर्वाधार बिकासबारे नेपाल पूर्वाधार बिकास बैकका बिभागीय प्रमुख घनश्याम ओझाले जानकारी दिनुभएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै शहरी विकास मन्त्री मेटमणि चौधरीले नेपाली समाजको मनोविज्ञानले राजनीतिक दल थप जिम्मेवार हुनुपर्ने चुनौती आएको टिप्पणी गर्नुभएको थियो । उहाँले राजनीतिक दलले आफूलाई व्यवस्थित गर्न नसकेको मनोविज्ञान आम जनतामा ब्याप्त भएकोले दल थप जिम्मेवार हुनुपर्ने आवश्यकता औंल्याउनुभएको हो ।

मन्त्री चौधरीले हालै सम्पन्न स्थानीय तहको चुनावमा केही प्रमुख स्थानको नतिजाले राजनीतिक दलप्रतिको आम नागरिकको मनोविज्ञानमा परिवर्तन देखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “गणतन्त्र पूर्णरुपमा संस्थागत भइनसकेको अवस्थामा यो व्यवस्थालाई कस्तो बनाउने हो भन्ने जिम्मेवारी स्थानीय सरकारमा अझै बढी पर्न जान्छ ।”

संघको प्रदेश समिति गठन

नेपाल नगरपालिका संघले आजको कार्यक्रममा बाग्मती प्रदेश तदर्थ पनि समिति गठन गरेको छ । समितिका संयोजक कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की रहने गरी १८ जनाको समिति गठन गरेको हो ।

त्यस्तै संघको सह–संयोजकमा कालिका नगरपालिकाका मेयर विनोद रेग्मी रहनुभएको छ । समितिका सदस्यहरुमा नागार्जुन नगरपालिका उपप्रमुख सुशिला अधिकारी , कमलामाई नगरपालिका मञ्जु देवकोटा, चागुनारण नगरपालिकाका प्रमुख रमेश वुढाथाकी , बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा , विदुर नगरपालिका उपप्रमुख प्रभा बोगटी , थाहा नगरपालिका प्रमुख विष्णु विष्ट, शंकरापुर नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य, भक्तपुर नगरपालिका प्रमुख , खैरेनी नगरपालिका प्रमुख शाशि रवनिया, कमलामाई नगरपालिका प्रमुख उपेन्द्र पोखरेल, चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्री, थाहाँ नगरपालिका उपप्रमुख भरत गोपाली, बाह्रविसे नगरपालिका उपप्रमुख मञ्जु तामाङ, गोदावरी नगरपालिका उपप्रमुख मुना अधिकारी, दक्षिणकाली नगरपालिका उपप्रमुख वसन्ती तामाङ रहनुभएको छ ।

उक्त कार्यक्रमा काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (वालेन), भरपुर महानगरका मेयर रेनु दाहाल, ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन र भक्तपुर नगरपालिका मेयर सुनिल प्रजापति, उपप्रमुख रजनी जोशीको भने सहभागिता थिएन ।

पालिकान्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय