Site icon Subhatime

१६ वर्ष देखि फरार अभियुक्त पक्राउ


सिन्धुपाल्चोक / जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले १६ बर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक जिल्ला अदालत बाट मिति २०६३ मंसिर २६ गतेको गतेको फैसलाले कुटपिट अंगभंगमुद्दामा कैद २ वर्ष सजाँय भई फरार रहेका चौतारा साँगाचोकगढी नगर पालिका वडा नं।१ बस्ने वर्ष ४६ को गेद बहादुर कार्कीलाई फरार रहेको १६ वर्ष पछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेतले जानकारी दिनुभयो । यहि साउन ७ गते भक्तपुर नगरपालिका वडा नं।१ सल्लाघारीबाट पक्राउ गरि आइतबार सिन्धुपाल्चोक जिल्ला अदालतमा दाखिला गरिएको बस्नेतले बताउनुभयो । अदालतले निज लाई लागेको कैद सजाँय असुलका लागि आजै जिल्ला कारागार चौतारा चलान गरिदिएको छ ।

Exit mobile version