काठमाडौं । काठमाडौं महानगरपालिका वडा-८, जयवागेश्वरी युवा क्लव, नेपाल भारत मैत्री अस्पताल तथा लायन्स क्लव अफ काठमाडौं पशुपतिनाथको संयुक्त आयोजनामा नि: शुक्ल स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

हरेक शनिबार निरन्तर रूपमा सञ्चालन हुँदै आइरहेको स्वास्थ्य शिविरबाट दैनिक जसो ५०/६० जनाले नि:शुक्ल रूपमा सेवा लिइरहेको जयवागेश्वरी युवा क्लवका अध्यक्ष तथा लायन्सका जोन चियर पर्सन दिलीप वैद्यले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा लायन्स क्लव अफ इन्टरनेशनल डिष्टिक ३२५ इ का गभर्नर लायन् कर्मा गुरूङ, पि एम जे एफ, फस्ट भाइस डिष्ट्रिक गभर्नर लायन् हरी दाहाल, एम जे एफ क्याविनेट सेक्रेटरी लायन् श्याम कुमार यालव, एम जे एफ क्याविनेट ट्रेजरल लायन् विमल कुमार श्रेष्ठ एम जे एफ, ब्लड सर्भिस चिफ लायन् विनोद कुमार श्रेष्ठ लायन्स क्लव अफ काठमाडौं पशुपति नाथका अध्यक्ष रिदय श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।

लामो समय देखिनिरन्तर रूपमा सञ्चालन हुदै आइरहेको नि: शुक्ल स्वास्थ्य शिविरमा वडाको तर्फबाट गर्नुपर्ने जस्तोसुकै सहयोगका लागि कामनपा-८ तत्पर रहेको काठमाडौं महानगर पालिका वडा -८ का अध्यक्ष आशामान संगतले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय