पाँचपोखरी /जनै पूर्णिमाका अवसरमा वर्षेनी एक हप्तासम्म मेला लाग्नेसिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा यो वर्ष मेला लाग्ने भएको छ । पाँचपोखरी थाङपाल गाँउपालिका –३ भोताङमारहेको पाँचपोखरीमा कोरोना महामारीका कारण अघिल्लो दुई बर्ष मेला लागेकोथिएन । यसपालि भने जनैपूर्णिमा मेला भर्नपाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टासी लामाले आग्रह गर्नुभयो ।

यो वर्षको जनैपूर्णिमा साउन २७ गते परेको छ ।समुद्री सतहबाटकरिब चार हजार १०० मिटर उचाइमा रहेको यो क्षेत्रमा साना ठूलो गरी पाँचवटा तालरहेका छन् ।संसारकै उच्च स्थानमा रहेको पोखरीमध्य नवौं स्थानमा पर्ने पाँचपोखरीसिन्धुपाल्चोकको नै एक उत्कृष्ट गन्तव्य हो । ईन्द्रावतीको उद्गमस्थल पाँचपोखरीमा सानाठूला धार्मिक र पर्यटकीय महत्वका पोखरीहरु रहेका छन् । पाँचपोखरीमा एकादशीदेखिजनैपूर्णिमाको दिनसम्म विषेश मेला लाग्ने गर्दछ ।

मेलामा सिन्धुपाल्चोक रआसपासका जिल्ला सहित काठमाण्डौ उपत्यकावाट समेत ठूलो संख्यामा दर्शनार्थीहरुपुग्ने गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवद्र्धन गर्नुपर्ने नयाँ १०० वटापर्यटकीय गन्तव्यमा सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरीलाई पनि छनोट गरेको छ । पाँचपोखरी मन्दिरमा ताजा मकै, काँक्रो,दूध लिएर भक्तजन चढाउन जान्छन् । विशेषगरी यहाँ जाने भक्तजन खेतिपातीमाउन्नतीको आशीर्वाद माग्ने गर्छन् ।

पाँचपोखरीमा रहेको भगवान् शिवको मन्दिरमा आईपूजा गरेमा सुख, शान्ति र महिलाले शिव सरह श्रीमान् पाउने र बिहे पश्चात्सन्तान नहुनेको मनोकामना पूरा हुने धार्मिक विश्वास छ । अहिले पाँचपोखरी सम्म पुग्ने बाटो निमार्ण ,सुचना पाटि राख्ने तथा तालसंरक्षणको काम गरिएको पाँचपोखरी थाङपाल गाँउपालिका –३ भोताङका अध्यक्ष ङिमा छिरिङ तामाङले जानकारी दिनुभयो ।

भोताङपछि बिभिन्न स्थानमा होम स्टे रहेकाले खान ,बस्न समस्या नहुने उहाँले बताउनुभयो । पर्यटन प्रबर्द्नका लागि अन्य कार्यक्रम पनि सँचालनगरिने तामाङले बताउनुभयो । “पाँचपोखरी” आसपासका स्थानमा आमायाङरी, ड्रयागन गुफा, हवेली दरवार, च्योच्योडाँडा,नागी डाँडा, ज्योवाथान डाँडा” लगायत “जुगलहिमाल,दोर्जे लाक्पा हिमाल समेत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय