मेलम्ची / ४४ औ पुष्पलाल स्मृति दिवसको अवसरमा आज मेलम्चीमा वृक्षारोपण गरिएको छ । नेकपा एमाले मेलम्चीले पुष्पलालको स्मृतिमा वृक्षारोपण गरेको हो ।

मेलम्ची नगरपालिकाको कार्यालय आसपासका पहिरोेको जोखिममा रहेका भिरालो जग्गाहरुमा वृक्षारोपण गरिएको नेकपा एमालेका नेता मित्रलाल चौलागाईले जानकारी दिनुभयो । नेकपा एमाले क्षेत्र नम्बर २को प्रदेश सभा ख को र मेलम्ची नगर कमिटिको आयोजनामा करिब १०० विरुवा रोपेको पनि चौलागाईले जानकारी दिनुभयो ।

सो अवसरमा केन्द्रीय अनुशासन आयोग सदस्य डम्बर अर्याल ,धर्मकृष्ण श्रेष्ठ , बागमती प्रदेश कमिटी सदस्यहरु हस्त पण्डित, . बालकृष्ण देउजा, . झम्क नेपाल, . टासि लामा, मित्रलाल चौलागाईं सोमर बोम्जन कृष्ण गोपाल तामाङ ,लगाएतका नेकपा एमालेका नेताहरुको उपस्थिति रहेको नगरकमिटिका सदस्य नविन पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय