मेलम्ची / हेलम्बु गाउँपालिकाको कार्यशैली प्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र हेलम्बु मेलम्ची बाढी पहिरो पिडित सरोकार समितिले असन्तुष्टि जनाएको छ । जनताको भन्दापनि आफ्नै प्रचारका लागि काम गरेको भन्दै असन्तुष्टि जनाएको हो । स्थानिय तहको चुनाव लक्षित गरेर सरकार र शक्तिको प्रयोग गर्दै २८ दिनमा ३४ करोड रकम खर्चहुनेगरी भएको कामको उपलब्धी के भनेर समेत प्रश्न गरेको छ ।

स्थानिय तह निर्वाचनमा हेलम्बु गाउँपालिकामा नेकपा एमालेका अध्यक्ष पद्का उम्मेदवार दावा लामा ह्योल्मोले चुनाव अघि स्थानिय सरकारकै सक्रियतामा ३४ करोड पैसा २८ दिनमा सकेर जसरी पनि पानी लैजाने अभियान चलाउनु ,स्थानीय संग कुनै सरोकार नराखी आफै निर्णय गर्ने अहिले फेरि जनतालाई देखाएर पानी काठमाडांै आन्दोलन गर्छु भन्नू को औचित्य के रु लैजान दिन्न भन्नुले गम्भीर प्रश्न चिन्ह खडा गरेको बताउनुभयो ।

अध्यक्ष पदका प्रत्यासि लामाले आयोजना नै बन्द भैरहेको बेला , दिन प्रतिदिन खोलाको बहाब बढेर क्षती गरिरहेको बेलामा खानेपानीको कुरा निकाल्नु भनेको केन्द्रिय सरकार सँगको बार्गेनिङ भएको दावि गर्नुभयो । उहाँले जनतालाई देखाएर आफ्नो ब्यक्तिगत फाइदाको लागि यो काम गरिरहेको भन्दै हेलम्बुको बिकासको लागि कुनै ध्यान नदिएको आरोप समेत लगाउनुभयो ।“ न काठमाडौं बासीले राम्रो सँग पानी खान पाए, न गरेको कामको प्रतिफल नै आयो ३४ करोड पैसा खर्च भयो अहिले आयोजना बन्द छ” ह्याल्मोले भन्नुभयो ।

उहाँले असार , साउन र भदौ महिनामा नदिमा जान समेत नपाइने बताउँदै यो बाढीले त्रसित बनाएर साहारको खोजिमा बसिरहेको हेलम्बु बासिप्रति उत्तरदायी हुन समेत सुझाव दिनुभयो । बाढी पिडितहरुको समस्या समाधानका लागि बनेको सरोकार समितिले पनि गाउँपालिकाको काम प्रति असन्तुष्टि जनाएको छ ।

बाढी पिडितहको समस्या समाधानका लागि दिगो अवधारणा ल्याउन माग गरिरहेपनि अहिले सम्म गाउँपालिकाले कुनै छलफल नै नगरेको सरोकार समितिका सचिव अर्जुन भण्डारी बताउनुभयो । हिजो त्यहि ब्यक्ति जसरी पनि पानी पठाउन पर्छ भनेर हिड्नेफेरी अहिले कुनैपनि हालतमा पानी लैजान नदिने भन्नुले ठुलो रहस्य लुकेके प्रष्ट देखाउने भण्डारीले बताउनुयो ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले केहि दिन अगाडि आफुहरुको माग पुरा नभएसम्म पानी लैजान नदिने बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय