काठमाडौ। नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का संस्थापक महासचिव पुष्पलालको ४४औँ स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदैछ ।

नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पुष्पलालको २०३५ साल साउन ७ गते भारत प्रवासमा रहेको बेला निधन भएको थियो ।

२००५ सालमा पुष्पलालले मार्क्स र एंगेल्सद्वारा लिखित विश्व कम्युनिष्ट पार्टीको घोषणापत्रलाई नेपालीमा उल्था गर्नुभएको थियो । त्यसको एक वर्षपछि पुष्पलालले विसं २००६ वैशाखमा चार जना साथी निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर पहिलो पटक भारतको कोलकातामा बसेर नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नुभएको थियो ।

राणा विरोधी आन्दोलनका शहीद गङ्गालाल श्रेष्ठका माइला भाइ समेत रहनुभएका उहाँ दाजुको हत्या भएपछि १५ वर्षकै उमेरमा राणाशाही बिरोधी आन्दोलनमा सक्रिय हुनुभएको थियो ।

पुष्पलालको ४४औँ स्मृति दिवसका अवसरमा नेकपा एमालेले काठमाडौँ महानगरपालिका वडा नं १८ ताम्सीपाखाको पुष्पलाल चोकमा कार्यक्रम आयोजना गरेको छ ।

आज बिहान ८ बजे पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पुष्पलालको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम एमाले कार्यालय सचिव डा।भीष्म अधिकारीले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय