Site icon Subhatime

अनेरास्ववियुले असोज १ देखि ३ गतेसम्म नीति तथा विधान महाधिवेशन गर्ने

​​​​​​​काठमाडौं – अनेरास्ववियु केन्द्रीय कमिटी पदाधिकारीको १० औं बैठक सम्पन्न भएको छ । संगठनका अध्यक्ष सुनिता बरालको अध्यक्षता बसेको बैठकले ६ वटा निर्णय गर्दै सम्पन्न भएको हो ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् मोर्चा फाँट प्रमुख भानुभक्त ढकालको प्रमुख आतिथ्यता, केन्द्रीय सदस्य एवम् विद्यार्थी ईञ्चार्ज माधव ढुंगेलको आतिथ्यता र संगठनका अध्यक्ष सुनिता बरालको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

बैठकले साउन महिना भित्र जिल्ला कमिटी र सो मातहतका सम्पूर्ण कमिटीहरुको बैठक, भेला र अधिवेशन सम्पन्न गर्ने, प्रदेशस्तरिय प्रशिक्षण तथा भेला भदौ १५ भित्र प्रदेश सम्पन्न गर्ने भएको छ ।

विश्वविद्यालयय राष्ट्रिय कमिटीहरुका सम्मेलनरभेलारपुनर्नगठन भदौ १५ भित्र गर्ने, “जीवनउपयोगी बैज्ञानिक शिक्षा नीति र सुदृढ संगठन, सुखी नेपाली समृद्द नेपाल निमार्णको आधारका लागी तेश्रो नीति तथा विधान अधिवेशन” भन्ने नाराका साथ तेश्रो नीति तथा विधान महाधिवेशन तथा राष्ट्रिय भेला असोज १(३ गते काठमाडौंमा गर्ने लगायतका ६ बुँदे निर्णय गरेको हो ।

Exit mobile version